ओम अस्पतालद्वारा पोखरामा नलेज सेयरिङ तथा कन्टिन्युड मेडिकल एडुकेशन कार्यक्रम



Download our app to get more features

पोखरा, २७ पुस । काठमाडौंको चाबहिलमा रहेको ओम अस्पताल एण्ड रिसर्च सेन्टरले पोखरामा 'नलेज सेयरिङ तथा कन्टिन्युड मेडिकल एडुकेशन (सिएमई) कार्यक्रम सम्पन्न गरेको छ । लेकसाइडस्थित होटल ल्याडमार्कमा आयोजित सिएमइ कार्यक्रममा अस्पतालले प्रयोग गर्दै आएका अत्याधुनिक उपचार प्रविधि र बिश्वस्तरिय उपचार पद्धति बारेमा चर्चा गरिएको थियो ।

ओम अस्पतालका कन्सल्ट्यान्ट ल्यापरोस्कोपिक सर्जन डा. बिकल घिमिरेले सर्जरीका पछिल्ला उपलब्धि तथा नयाँ आयामबारे चर्चा गरेका थिए । उनले नेपालमा हाँसिल गरिएका सफल ल्यापरोस्कोपिक उपचारका घटनाबारे प्रस्तुति दिएका थिए । 
अस्पतालका कनसल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेशसुन्दर श्रेष्ठले नेपालमा सघन उपचारको अवस्थाबारे जानकारी गराउँदै ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सन्ड्रोम’ (एआरडिएस) बारे पछिल्ला जानकारीहरु प्रस्तुत गरेका थिए । 

अस्पतालका कन्सल्ट्यान्ट इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. अजित थापाले सर्जरी सम्भव नभएका अवस्थामा क्यान्सरको उपचारमा प्रयोग हुँदै आएको इन्टरभेन्सनल रेडियोलोजिको प्रभावकारी उपचार विधि माइक्रोवेभ एब्लेशनबारे स्पष्ट पारे । 
अस्पतालले आफ्ना ज्ञान सिप र क्षमतालाई मोफसलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाँझ आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ । 

नेपालमा प्रबिधि पूर्वाधार र दक्ष चिकित्सकलाई एकै छानामूनी समेटेर दुर्इ दशक अघिदेखि निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अग्रणी अस्पतालका रुपमा आफ्नो सामाजिक उत्तरदायित्वसँगै देशको चिकित्सा क्षेत्रमा ज्ञान र सिपको आदानप्रदानलाई निरन्तरता दिइएको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले बताए । कार्यक्रममा पोखरा र देशका विभिन्न अस्पतालमा कार्यरत ६० जना भन्दा बढी चिकित्सकको उपस्थिति थियो ।

Last modified on 2020-01-12 14:19:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts