मानिसको शरीरको नर्मल तापक्रम घट्यो, अब ९७.५ डिग्री फरेनहाइट



Download our app to get more features

एजेन्सी, २८ पुस । ग्लोबल वार्मिङका कारण संसारभरको तापक्रम बढीरहेको छ तर मानिसको शरीरको तपमान भने ठिक विपरित ढंगले घटिरहेको वैज्ञानिकहरुले बताएका छन् । सन् १८५१ मा शरीरको औषत तापक्रम ३७ डिग्री सेल्सियस अर्थात ९८.६ डिग्री फरेनहाइट कायम गरिएको थियो । यही समयदेखि निरन्तर अनुगमन गरिरहेका वैज्ञानिकहरुले मानिसको शरीरको तापक्रम घट्दै गइरहेको जनाएका छन् । सोही अनुसार सन् २००० मा जन्मिएका पुरुषको शरीरको तपक्रम सन् १८०० मा जन्मेका पुरुषको भन्दा औषतमा १.०६ डिग्री फरेनहाइट कम थियो । 
पुरुषमा मात्रै होइन महिलामा पनि यस्तै अवस्था देखिएको छ । सन् २००० मा जन्मिएका महिलाको शरीरको औषत तापक्रम सन् १८९० मा जन्मिएका महिलाको तुलनामा ०.०५८ फरेनहाइट कम थियो । यसरी हेर्दा मानव शरीरको तापक्रमा हरेक दश वर्षमा ०.०३ डिग्री सेल्सिय वा ०.०५ डिग्री फरेनहाइटले कमी आइरहेको छ । 

यसकारण घटिरहेछ मानिसको शरीरको तापक्रम
यसरी निरन्तर मानव शरीरको तापक्रम घट्नुको खास कारण भने वैज्ञानिकहरुले प्रष्ट पारेका छैनन् । तर सरसफाइ, चिकित्सकीय उपचारमा भइरहेको विकासका कारण शरीरको क्रनिकल इन्फ्लेमेशन कम भएको हुन सक्ने उनीहरुको दावी छ । साथै आधुनिक कृत्रिम तातो, एयर कन्डिशनिङको प्रयोगले पनि स्थायी तापक्रममा कमी आएको हुनसक्छ । यही कारण परम्परागत रुपमा ९८.६ लाई शरीरको स्तरीय तपक्रम माने पनि अहिले ९७.५ फरेनहाइट शरीरको नर्मल तपक्रम बनेको छ । 

मानिसको लागि सबै कुरा बदलिदै
स्टेनफोर्ड यूनिभर्सिटीका औषधिका प्रोफेसर अनुशन्धानकर्ता डा. जूली पैरसानेटका अनुसार शरीरिक दृष्टिबाट मानव शरीर हेर्ने हो भने हामी पहिले जस्तो थियौ त्यसको तुलनामा आज धेरै फरक पाइन्छ । हामी बस्ने वातावरण परिवर्तन भइसकेको छ, हाम्रो घरभित्रको तपक्रम परिवर्तन भइसकेको छ, माइक्रो आर्गेनिजम्मका कारण हाम्रो सम्पर्क फरक भइसकेको छ । यति मात्रै होइन हामीले गर्ने भोजन समेत धेरै परिवर्तन भइसकेको छ । 
 

Last modified on 2020-01-15 13:09:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts