हिमपातका कारण पाकिस्तानमा ८० जनाको मृत्यु, प्रभावित क्षेत्रमा संकटकाल घोषणा



Download our app to get more features

बीबीसी, १ माघ । पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

तीमध्ये ६० जनाभन्दा बढीको पाकिस्तान प्रशासित कश्मिरमा गएको हिउँपहिरोका कारण मृत्यु भएको हो ।

अफगानिस्तानमा गत तीन दिनमा हिमपातका कारण २४ जनाको ज्यान मृत्यु भएको बताइएको छ । 

त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन् र केही विवरणमा जनाइएअनुसार मृत्यु हुनेको सङ्ख्या अझै धेरै हुन सक्छ ।

पाकिस्तानको नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ । त्यहाँ कैयौँ मानिस फसेका छन् । उक्त क्षेत्रमा प्राकृतिक विपद् आइपरिरहने भए पनि यसपटकको विपद् निकै समययताको घातक मानिएको छ ।

खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको छ भने भारत र अफगानिस्तानमा पनि प्रभाव परेको छ ।

पाकिस्तानको बलोचिस्तानमा २० जनाको ज्यान गएको बताइएको छ । छिमेकी अफगानिस्तानमा पनि बाक्लो हिमपातका कारण २४ जनाको ज्यान गएको पुष्टि भएको छ । सरकारले पाकिस्तानको हिमपातका कारण प्रभावित क्षेत्रमा संकटकाल घोषणा गरेको छ ।

तीमध्ये अधिकांश विगत तीन दिनमा मारिएका थिए । हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ ।

भारत प्रशासित कश्मीरमा ८ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Last modified on 2020-01-19 11:51:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts