क्यूबिडी फर्मास्यिूटिकल्सका औषधि बजारमा 



Download our app to get more features

काठमाडौं, १ माघ । माघे सक्रान्तिको अवसर पारेर क्यूबिडी फर्मास्यिूटिकल्सले आफ्नो उत्पादन बजारमा पठाएको छ ।  फर्मास्यिूटिकल्सले बुधबारबाट पहिलोपटक औषधिको विक्री बितरण सुरु गरेको छ । 

गुणस्तरलाई प्राथमिकता दिएर फर्मास्यिूटिकल्सले औषधि उत्पादन सुरु गरेको र आजबाट औषधि बजारमा पठाउन थालिएका फर्मास्यिूटिकल्सका प्रवन्ध निर्देशक दीपक प्रधानले जानकारी दिए । 

 ५७ करोडको लागतमा स्थापना भएको क्यूबिडी फर्मास्यिूटिकल्सको औषधि उत्पादन गर्ने कम्पनी भने काभ्रेको सांगामा रहेको छ । कम्पनीले उत्पादन गरेका औषधि मानभवनस्थित कम्पनीको कर्पाेरेट कार्यालयले आज औपचारिक रुपमा बजारमा पठाएको हो ।  

 कम्पनीले यसै आर्थिक वर्ष भित्र २५ प्रकारका औषधि बजारमा पठाउने तयारी गरेको छ ।   
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts