प्रधानमन्त्री मोदीलाई भनाइ प्रमाणित गर्न आईएमएको चुनौति



Download our app to get more features

बीबीसी, २ माघ । इन्डीयन मेडिकल एसोसिएशन (आईएमए) ले प्रधानमन्त्री नरेन्द्र मोदीको बयानप्रति आपत्ति जनाएको छ ।

आईएमएले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीले बयानमा भनेका कुरा प्रमाणित गर्न वा माफि माग्न भनेको छ । 

प्रधानमन्त्री मोदीले मंगलबार एक बयानका क्रममा मुलुकको उच्च फर्मा कम्पनिहरु डाक्टरलाई घुसको रुपमा केटीहरु उपलब्ध गराउने गरेको भनेका थिए ।

देशमा डाक्टरहरुको शीर्ष संगठन आईएमएले प्रधानमंत्रीको बयानपछि आक्रोशित बनेको छ ।
 
“सञ्चार माध्यममा आएको समाचारका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा बयानका क्रममा भनेका थिए की शीर्ष फर्मा कम्पनिहरु डाक्टरलाई घुसको रुपमा केटी उपलब्ध गराएका छन् । उनीहरुले डाक्टरलाई विदेश यात्रा गराउनेदेखि लिएर घरका सामानहरु पनि दिने गरेका छन् । 

जनवरी महिनाको सुरुमा शीर्ष फÞार्मा कम्पनिका साथ भएको बैठकको क्रममा प्रधानमन्त्री मोदीले कथित रुपमा एथिकल मार्केटिंग प्रैक्टिसको बारेमा चर्चा गरेका थिए ।

आईएमएका राष्ट्रिय अध्यक्ष डा. राजन शर्मा र सेक्रेटरी जनरल डा. आरवी असोकनद्वारा  हस्ताक्षरित विज्ञप्तिमा पिएमओले यस्ता डाक्टरको नाम पनि जारी गरोस् साथ राज्यको मेडिकल काउन्सिल यस्ता डाक्टर विरुद्ध कडा कारबाही गरोस् भनेर उल्लेख गरिएको छ । 

गत नोभेम्बर महिनामा पुणेको संस्था सपोर्ट फर एड्भोकेसी एन्ड ट्रेनिंग टू हेल्थ इनीशिएटिभ्सले आफ्नो अध्ययनको क्रममा डाक्टरहरु फÞार्मा कम्पनिबाट घुसको रुपमा महँगो विदेश यात्रा, सुन चाँदीका सामान र गहना, पेट्रोल कार्ड, ट्याबलेट सम्मका लिने गरेको दावी गरेको थियो ।

आईएमएले भने अनुसार सरकारले लगाएको आरोप प्रमाणित गर्न पाओस भन्दै यदि प्रधानमन्त्री मोदीले दिएका बयान र दावीमा कुनै प्रमाण विनै आएको हो भने उनलाई तत्काल माफी माग्नुपर्छ । 

आईएमएका अनुसार यस प्रकारका बयानको उदेश्य देशका नागरिकको स्वास्थ्य र मेडिकल शिक्षालाई राम्रो कसरी बनाउने ती मुद्दाबाट ओझेलमा पर्नु हो ।

आईएमएका महासचिव डा. आरवी असोकनले प्रधानमन्त्रीले दावी यदि सह छ भने ती डाक्टर र कम्पनीमाथि कारबाही गर्ने आश्वासन दिए । उनले भने, ‘प्रधानमन्त्रीको दावीमा यदि कुनै सत्यता भएन भने प्रधानमन्त्री मोदीले माफÞी माग्नुपर्छ ।’

Last modified on 2020-01-19 11:56:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts