औषधि कम्पनीको खर्चमा विदेश भ्रमण गर्ने १५ चिकित्सक भारतीय मेडिकल काउन्सिलको कारवाहीमा

६ महिना निलम्बन



Download our app to get more features

एजेन्सी, २ माघ ।  औषधि कम्पनीको खर्चमा विदेश भ्रमण गर्ने १५ जना न्युरो सर्जनलाई भारतीय मेडिकल काउन्सिलले कारवाही गरेको छ । परिवारका साथ विदेश भ्रमण गएका ती चिकित्सकको लाइसेन्स ६ महिनाका लागि निलम्बित गरेको हो । साथै भारतको ड्रंग कन्ट्रोलरलाई पनि भ्रमणमा लाने इटास फर्मामाथि सख्त कारवाही गर्न भनिएको छ । 

गत जुनमा भारतीय मेडिकल काउन्सिलको नैतिकता तथा अनुसन्धान समिति समक्ष दिल्लीमा यसको सुनुवाई सुरु गरिएको थियो । तब स्वास्थ्य अधिकारी मञ्चका चिन्मय मिश्र र अमुल्य निधिले पत्रिकाको खबरका साथै प्रमाणका आधारमा दस्तावेज पेस गरेका थिए । 

लाईसेन्स निलम्बन भएका कारण ती चिकित्सकले ६ महिनासम्म बिरामी उपचार गर्न पाउने छैनन् । 

चिकित्सकहरू सन् २०१२ मा परिवारका साथ लण्डन गएका थिए । इन्दौर, उज्जैन, ग्वालियरका चिकित्सकहरु यात्रामा गएको बेला पत्रिकाहरूले यात्राको खर्च औषधि कम्पनीले व्यहोरेको खुलासा गरेका थिए । औषधि कम्पनीका लागि जेनिथ हस्पिटेलिटीमा ३२ टिकट बुक गरेको थियो । 

Last modified on 2020-01-19 11:38:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts