चीनको जन्मदर ७० वर्षयताकै न्यून, ‘जनसाङ्ख्यिक टाइमबम’ बन्ने भन्दै चीनका लागि चुनौति बन्दै



Download our app to get more features

बीबीसी, ४ माघ । चीनको जन्मदर ७० वर्षअघि जनगणतन्त्र चीन स्थापना भएपछिकै सबैभन्दा कम हुन पुगेको छ । 

सन् २०१९ मा जन्मदर प्रतिहजार १०.४८ थियो जुन सन् १९४९ यताकै सबैभन्दा न्यून रहेको चीनको केन्द्रीय तथ्याङ्क निकायले जनाएको छ ।

सन् २०१९ मा जन्मेका शिशुहरूको सङ्ख्या पाँच लाख ८० हजारले घटेर एक करोड ४० लाख ६५ हजार पुगेको थियो । ठूलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ जुन उसका लागि चुनौती हुन सक्ने ठानिएको छ ।

नीतिमा परिवर्तन
घट्दो जन्मदर रहे पनि मृत्युदर समेत कम रहेका कारण चीनको जनसङ्ख्या सन् २०१९ मा १.३९ अर्बबाट बढेर १.४ अर्ब पुगेको छ । तर घट्दो जन्मदर ‘जनसाङ्ख्यिक टाइमबम’ बन्न सक्ने भन्दै धेरैलाई चिन्तामा पारेको छ ।

त्यसको अर्थ काम गर्ने उमेरका मानिसहरूको एउटा समूह सेवानिवृत्त जनसङ्ख्याको स्याहारमा खटिनुपर्नेछ । चीनमा जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई जेल

सन् १९७९ मा चीन सरकारले देशव्यापी लागु हुने गरी एउटा मात्र बच्च जन्माउन पाउने नीति ल्याएको थियो ।

जनसङ्ख्या वृद्धिदर कम गर्नका लागि त्यस बेला यो नीति ल्याइएको थियो । ती नियम उल्लङ्घन गर्ने परिवारहरूले जरिवाना तिर्नुपर्ने, रोजगारी गुमाउने र कुनै बेला जबरजस्ती गर्भपतन गराउन बाध्य हुने गर्थ्यो । तर, ठूलो लैङ्गिक असमानता निम्त्याएको भन्दै त्यो नीति आलोचित बनेको थियो ।

लैङ्गिक असमानता
सन् २०१९ को तथ्याङ्क अनुसार पुरूषहरू महिलाभन्दा तीन करोडको सङ्ख्यामा धेरै छन् । सन् २०१५ मा सरकारले एक सन्तान नीतिको अन्त्य गरेर दम्पतीहरूलाई दुई सन्तान जन्माउने अनुमति दिएको थियो । तर, त्यो परिवर्तनले देशको घट्दो जन्मदर अन्त्य गर्न भने सघाएन ।

विज्ञहरूका भनाइमा अन्त्य गरिएको उक्त नीतिसँगै शिशु स्याहारका लागि आर्थिक सहायता र अभिभावकहरूलाई थप बिदा दिने व्यवस्था गरिएन ।

धेरै मानिसले एकभन्दा धेरै सन्तान हुर्काउन समेत नसक्ने ती विज्ञहरू बताउँछन् ।

Last modified on 2020-01-19 11:35:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts