ओम समाज डेन्टल चावहिलले मनायो वार्षिकोत्सव, विभिन्न व्यक्ति सम्मानित



Download our app to get more features

काठमाडौं, ५ माघ । ओम समाज डेन्टल अस्पताल चावहिलले वार्षिकोत्सव मनाएको छ ।  दिवसको अवसरमा रक्तदान कार्यक्रम यहि ४ माघे शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमख अतिथि मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्दै निजी क्षेत्रले सेवामूखी रुपमा विश्वास दिलाउन आवश्यक रहेको बताएका थिए । साथै उनले ओम समाज डेन्टलले स्थापनाकाल देखि नै नाफामूलक मात्र नभएर सेवामूलक कार्यक्रम गर्दै आएको बताए । 

सहयोगी भावनाका कारण डा. सुवास घिमिरे समाजमा उदाहरणीय व्यक्तिका रुपमा चिनिएको रेग्मीले दावी गरे । रेग्मीले ओम समाजले गरेका सामाजिक कार्यहरुको प्रशंसा समेत गरेका  थिए । 

प्रतिनिधिसभा सदस्य हरिवोल गजुरेलले ओम समाज डेण्टलले सेवा लिनको लागि मात्र नभएर दिनको लागि समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।  

बागमती प्रदेश सांसद नरोत्तम वैद्यले समाजमा सकारात्मक सोचका व्यक्तिको आवश्यक रहेको बताए । नीजि क्षेत्रले सामाजिक काममा खासै ध्यान नदिएको जानकारी गराउँदै उनले ओम समाजबाट सामाजिक काम सिक्न आग्रह गरेका थिए । काठमाडौं महानगरपालिका वडा नं.७ का वडाध्यक्ष शुद्धकुमार ढंगोलले दन्त क्षेत्रमा नेपालकै चर्चित अस्पताल आफ्नो वडामा हुनु खुसीको कुरा रहेको बताए । वडाध्यक्ष ढंगोलले भने, व्यापारमूखि सेवा भन्दा सेवामुखि व्यापारमा ओम समाजले विशेष ध्यान दिएको बताए । ओम समाज डेण्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरेले समाजमा आर्थिक अवस्था कमजोर भएका तथा विपन्न वर्गलाई पैसा नभएकै कारण उपचारबाट बञ्चित गराउन नहु्ने बताए । डा. घिमिरेले भने वडा तथा नगरको सिफारिस लिएर आएका विपन्न वर्गलाई ओम समाजले निःशुल्क उपचार गराउन सक्ने जानकारी गराए । अध्यक्ष डा. घिमिरेले ओम समाजले आगामी दिनमा कमाईको २० प्रतिशत बराबरको सामाजिक कार्य गर्ने प्रतिवद्धता समेत जनाएका थिए । वार्षिक उत्सवमा ओम समाज डेन्टलले विभिन क्षेत्रमा विशिष्ठ योगदान गर्ने संघ, संस्था, महानुभाव र हस्पिटलमा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । 

सम्मानितका तर्फबाट बोल्दै डा.पीके यादवले ओम समाज डेन्टल हस्पिटलले समाजमा विशेष योगदान गर्नेहरुलाई सम्मान गरेकोमा आभार तथा धन्यवाद प्रकट गरे । यादवलाई समाजले स्वास्थ सम्मान २०७६ बाट सम्मान गरेको छ । 
त्यस्तै स्वास्थय प्रत्रकारीता सम्मानबाट भने अतुल मिश्र र सरोज सरोज ढुंगेललाई सम्मान गरेको छ ।  ओम समाज डेन्टल सामाजिक सम्मानबाट सुबर्ण डंगोल, नेत्र प्रसाद भुसाल, सरस्वती नगर सुधार संघ सामुदायिक हित सेबा समिति,  बिराज समाज, गंगा हिटी टोल सुधार समिति सम्मानित भएका छन् । 

ओम समाज डेन्टल शिक्षा सम्मानबाट क्लिन्टन स्कूल, जी.पी कोइराला मेमोरियल कलेज,  जोसेफ हाई स्कुल, बिद्ध्या सागर एन्ग्लिश बोर्डिंग स्कुल सम्मानित भएका छन् ।  ओम समाज डेन्टल जेष्ठ नागरिक सम्मान तिर्थ प्रसाद भट्टराई र रुकमणि आचार्य पाएका छन् ।  

ओम समाज डेन्टल निरन्तर सेबा ग्राही सम्मान गुलाब देबी श्रेष्ठ, बाबुलाल अग्रवाल, रामचन्द्र खत्री –सत्यब्रतले पाएका छन् । शान्ता अर्याल ओम समाज डेन्टल दिर्ग सेबा सम्मानबाट सम्मानित भएकी छन् ।  दिनेस अधिकारी ओम समाज डेन्टल उत्कृस्ट कार्य सम्मानबाट सम्मानित भएका छन् । डा.विजय कुमार गामी ओम समाज डेन्टल सस्थागत बिकास सम्मानबाट सम्मानित भएका छन् । त्यस्तै  प्रमुना हमाल, डा. सुर्य नारायण, सबिता सुबेदी र अस्बिन श्रेष्ठओम समाज डेन्टल लोक प्रिय सम्मानबाट सम्मानित भएका हुन् ।  


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts