बन्द कोठामा हिटर बालेर सुत्दा किन जान्छ ज्यान ?



Download our app to get more features

एजेन्सी, ८ काठमाडौं । चिसो बढेसँगै कोठालाई न्यानो बनाउन हामी झ्याल ढोका सबै बन्द गरेर सुत्ने गर्छौ । त्यसमाथि कोठा न्यायो पार्न हिटर, कोइला जस्ता सामान बालेर सुत्ने गर्छौ ।

तर यो तरिका एकदमै गलत र खतनाक हुने चिकित्सकहरूको चेतावनी छ । यस्ता गतिविधिले कोठामा अक्सिजनको कमी भइ मानिसको निसास्यिर मृत्यु हुन सक्छ । चिकित्सकहरूका अनुसार जुन कोठामा भेन्टिलेसन छैन् त्यस्तो कोठा पूर्ण बन्द गरेर न्यायो पार्ने सामाग्री बालेर सुत्नु एकदमै खतरनाक काम हो । यसले अक्सिजनको मात्रा पर्याप्त नपुगी मानिसको ज्यान जान सक्छ । कोठा न्यायो पार्नका लागि बालिने कोइला, दाउरा ग्यास हिटर, होलोजन हिटरबाट प्रशस्त मात्रा कार्बन मोनोअक्साइड ग्यास निस्कने गर्छ । त्यो बाहिर जान नपाएपछि मानिसको निसास्सियर मृत्यु हुने गर्छ । यति मात्र नभएर कुनै कार वा गाडीमा झ्याल बन्द गरेर इन्जिन चलाएर भित्र बस्दा पनि मानिसको निसास्सिएर मृत्यु हुने गर्छ ।

भारतीय छाला विशेषज्ञ अमित लुथराका अनुुसार धेरै बेरसम्म ब्लोअर, हिटर अथवा दाउराको आगो अगाडी बसिरहँदा छाला सुख्खा हुने समस्या देखिन्छ । यसैगरी चायाँको समस्यापनि देखिनसक्छ ।

कार्बन मोनोअक्साइड के हो ?

अर्का भारतीय चिकित्सक डा. सञ्चयन रायका अनुसार कार्बन मोनोअक्साइड एक प्रकारको विषालु ग्यास हो । यदि बन्द कोठाभित्र दाउराको आगो बाल्यौ, कोइला बाल्यौं भने श्वासप्रश्वासका क्रममा हामीले अक्सिजनका साथै यो ग्यास पनि फोक्सोमा भर्छौं । त्यसपछि कार्बन मोनोअक्साइड रगतको हेमोग्लोबिनमा मिश्रण भई कार्बोक्सिहीमोग्लोबिनमा परिणत हुने गर्छ । त्यसपछि रगतमा अक्सिजन भन्दा कार्बन मोनोअक्साइड बढी हुन्छ । शरीरमा हाईपोक्सियाको स्थिती बढेर मानिसको मृत्यु समेत हुनसक्छ ।

Last modified on 2020-01-23 13:13:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts