मेडिसिटी अस्पतालले सञ्चालनमा ल्यायो बाल सघन उपचार केन्द्र 



Download our app to get more features

काठमाडौं, ९ माघ । नेपाल मेडिसिटी अस्पतालले बाल सघन उपचार केन्द्र पिआइसियुु सञ्चालनमा ल्याएको छ ।

अस्पतालले बुधवार पिआइसियुको उद्घाटन गरेको हो । पिआइसियु २४सै घण्टा सञ्चालनमा रहने अस्पतालले जनाएको छ ।  अन्तर्राष्ट्रिय उपचार मापदण्ड अनुसार अहिलेको जनसंख्यालाई मध्यनजर गर्ने हो भने पिआईसियु को धेरै महत्व रहेको भन्दै मेडिसिटी अस्पतालले बाल सघन उपचार कक्षको सञ्चालन ल्याएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।  

बालरोग विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहि उपचार गरिने समर्पित सघन कक्षले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बालरोग विशेषज्ञ डा. आन्या शर्माले बताइन् । 

 पिआइसियुुमा हालका लागि १० बेडको व्यवस्था गरिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts