यौन समस्या लुकाए अन्य रोगको पनि संक्रमण बढ्छ (भिडियोसहित)



Download our app to get more features

केही समय अघिसम्म यौन स्वास्थ्यलाई अधिकांश मानिसले लुकाउने, दबाउने र सार्वजनिक गर्न हिच्किचाउथेँ । जसका कारण स्वास्थ्यसम्बन्धी अन्य समस्या थपिदै जाने गर्थे । तर पछिल्लो समय यौन स्वास्थ्य बारेमा धेरैले खुलेर कुराकानी गर्न थालेका छन् । यसले मानव स्वास्थ्यलाई समेत सुधार गरिरहेको चिकित्सकहरूको भनाइ छ ।  

डा. विनय भट्टराईका अनुसार महिला तथा पुरुष दुवैमा यौन समस्या देखा पर्छन । फरक यत्ति हो की पुरुषहरु चाडै खुल्छन् र समस्याले जटिल रुप लिन पाउँदैन । तर महिलाहरु यौन समस्याको बारेमा नखुल्दा उनीहरु जटिल अवस्थामा पुगेपछि मात्रै स्वास्थ्य संस्था आइपुग्छन । विशेषगरी पुरुषमा सिघ्रस्खलन, यौन उत्तेजना र यौन इच्छामा कमी हुने जस्ता धेरै पाइएको छ । यस्तै महिलामा पनि यौन इच्छामा कमी, यौनक्रिडामा दुखाइ हुने जस्ता समस्या हुन्छन् । 

लिंगको उत्तेजना कमी हुने प्रमुख कारण पुरुष हर्माेनको कमीले हो । कुनै औषधि खाइरहेको अवस्थामा, मानसिक अवस्था, दीर्घरोग लागेमा यस्तो हुनसक्छ । महिलामा महिनावारी बन्द हुने बेला भइसकेपछि यौनइच्छामा कमी आउँछ । साथै यौनक्रिडामा पीडा भए इच्छाशक्ति नै नासिदैं जाने डा. भट्टराई बताउँछन् । 

यस्ता समस्याको उपचार सम्भव छ । पुरुष हर्माेनको कमी भएको अवस्थामा पुरुष हर्मोन दिन सकिन्छ । साथै मानसिक तनावले आएको समस्यालाई पनि समाधान गर्न सकिन्छ । व्यक्तिको मानसिकताले पनि यौनइच्छामा कमी, लिंगको उत्तेजनामा कमी आउने डा. भट्टराई बताउँछन् । यस्तैगरी मानसिक अवस्थाले ल्याएको समस्या होइन भने औषधिको माध्यमबाट ठिक गर्न सकिने उनको भनाई छ । 

यौनसम्बन्धी यस्ता समस्याको उपचार कसरी गरिन्छ र समस्या के कारणले आउँछ भन्ने बारे डा. भट्टराईको भिडियो सन्देश यसप्रकार छ । 

हेरौं भिडियो 

Last modified on 2020-01-29 14:53:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts