नेपाल नेशनल अस्पतालमा बाथरोगको उपचार सुरु 



Download our app to get more features

काठमाडौं, १५ माघ । कलंकिस्थित नेपाल नेशलन अस्पतालले बाथरोगको उपचार सुरु  गरेको छ । रातोपुल स्थित नेशलन बाथरोग सेन्टरसँँगको सहकार्यमा बिशेषज्ञ सेवासुरुवात गरेको हो ।

नेसनल अस्पतालमा वरिष्ठ बाथरोग विशेषज्ञ डा. बिनित बैध , डा.स्वेता नकर्मीले लगायत बिशेषज्ञहरुले सेवा दिने अस्पतालका मेडिकल डाईरेक्टर डा.प्रकाश पौडेलले बताए  । परिर्वतित बिश्वमा नयाँ नयाँ रोग देखिनेक्रम बढ्दै छ । जसमा वाथरोग पनि एउटा जटिल समस्याको रुपमा देखापरेकोले यसमा पनि आफुहरुले सेवा दिन खोजेको अस्पतालले जनाएको छ । 

उक्त बाथरोग सेन्टरको सुरुवात कार्यक्रमको उद्घाटन काठमाडौ क्षेत्र नं ९ प्रदेश ख का सांसद केशब पोखरेलले गरेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल नेशलन अस्पतालको अध्यक्ष रामचन्द्र शर्माले गरेका थिए । उक्त उद्घाटन कार्यक्रममा वरिष्ट मिर्गौला रोग बिशेषज्ञ डा. अर्चन शम्शेर राणा , नेशलन बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपति काठमाडौँ महानगरपालिका वडा नं १४ का अध्यक्ष शोभा सापकोटा लगाएतका अथितिहरुले मन्तव्य राखेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts