नोवल कोरोना भाइरसको उपचार गर्न चीनले बनायो एक हजार शैयाको छुट्टै अस्पताल



Download our app to get more features

ऐजेन्सी, १५ माघ । चीनमा देखिएको नोवल कोरोना भाइरस उपचारका लागि चीन सरकारले गत शुक्रबार निर्माण सुरु गरेको अस्पताल पुरा भएको जनाइएको छ । उहान प्रान्तमा निर्माण भएको यो अस्पतालमा एक हजार शैया छ । यी सबै शैया आकस्मिक उपचारका लागि प्रयोग गरिने जनाइएको छ ।

अस्पताल सञ्चालनमा आएसँगै पहिलो चरणमा कोरोना भइरस देखिएका र उपचाररत बिरामीलाई रिफर गरिएको छ । स्थानीय मिडियाहरुका अनुसार दाबे माउन्टेन रिजनल मेडिकल अस्पताल सेन्टर नामको यस अस्पतालमा बिहान साढे १० बजेतिर बिरामीहरुलाई ल्याइएको थियो । यस अस्पतालको दुई भवन छन् भने यहाँ १५ सय शैया रहने छन् । सिन्ह्वा समाचार समितिका अनुसार अस्पतालमा करिब २ हजार मेडिकल टिम कार्यरत रहनेछन् । यो अस्पतालको क्षेत्रपल ७.४ एक्कड छ । 

उहान सिटीका अधिकारीहरुले निर्धारित समयमै अस्पताल निर्माण पुरा गरेकोमा निर्माणमा संलग्न कर्मचारी, निर्माण मजदुर, प्यारामेलिटरी पुलिसको प्रशंसा गरेका थिए । अस्पतातल बनाउन पाँच सय भन्दा बढी कामदार र दर्जनौ हेभी सवारी साधनले ४८ घण्टा निरन्तर काम गरेका थिए । यो अस्पताल दक्षिण पश्चिम उहानबाट ७५ किलोमिटर टाढा छ । अस्पताल रहेको ह्युग्याग शहरको जनसंख्या ७.५ मिलियन छ । यो शहरमा पनि कोरोना भाइरसले गम्भीर रुपमा आक्रमण गरेको थियो । यो शहरलाई पनि उहानसँगै पूर्ण रुपमा बन्छ छ । 

चीनमा कोरोनाबाट हालसम्म १३१ को मृत्यु
चीनमा हालसम्म कोरोना भाइसरका कारण मृत्यु हुनेको संख्या १३१ पुगेको छ । यस्तै विश्वभरमा यस भाइरसबाट प्रभावितको संख्या ६ हजार पुगेको जनाइएको छ । अस्पताल रहेको शहरमा पनि यस भाइसरका कारण चार जनाको मृत्यु भइसकेको छ भने २१३ जना संक्रमित रहेको जनाइएको छ । 

 

Last modified on 2020-01-30 11:43:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts