चीनमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघ्यो, २ सय ५९ को मृत्यु



Download our app to get more features

सिन्ह्वा, १८ माघ । नावेल कोरोना भाइरस संक्रमण फैलिएको चीनमा हालसम्म २ सय ५९ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीहरुले पुष्टि गरेका छन् । शुक्रवार अबेरसम्ममा विभिन्न ३१ प्रान्तमा गरी ११ हजार ८ सय २१ जनालाई भाइरसको संक्रमण देखिएको हो । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार तीमध्ये १ हजार ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ । त्यसबाहेक १७ हजार भन्दा धेरै मान्छेलाई कोरोना भाइरस संक्रमणको आशंकामा निगरानीमा राखिएको छ । भाइरसको संक्रमण देखिएका २ सय ४३ जनालाई उपचारपछि घर पठाइएको त्यहाँका अधिकारीहरुलाई उदृत गर्दै सिन्हवाले उल्लेख गरेको छ । शुक्रबारमात्र २ हजारभन्दा धेरै नयाँ भाइरस संक्रमित पहिचान गरिएको छ भने, ५ हजारभन्दा धेरै मानिसलाई संक्रमणको आशंका गरिएको छ । शुक्रवार एकदिनमा मात्र ४६ जनाले ज्यान गुमाएका छन् । ती मध्ये ४५ जना हुवेई प्रान्तका हुन भने एकजना चोंककिंक नगरका रहेका छन् । 

चीनको स्वास्थ्य आयोगका अनुसार १ लाख ३६ हजारभन्दा धेरै सम्भावित संक्रमितको परीक्षण गरिएको छ । त्यसमध्ये ६ हजारलाई डिस्चार्ज गरिएको छ भने बाँकी सबैलाई मेडिकल निगरानीमा राखिएको छ । शुक्रवारसम्म चीन प्रशासित हंगकंगमा १३ जना संक्रमित भेटिएका छन् भने मकाउमा ७ र ताइवानमा १० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts