कान्तिपुर डेन्टल अस्पताल तथा इन्स्टिच्युट अफ हेल्थ साइन्सको दुई दशक पूरा



Download our app to get more features

काठमाडौं, २२ माघ । कान्तिपुर डेण्टल हस्पिटल तथा इन्स्च्यिुट अफ हेल्थ साइन्सले दुई दशक पूरा गरेको छ । 

काठमाडौं उपत्यका बाहिर पोखरामा पनि सेवा दिँदै आएको अस्पतालले अत्याधुनिक उपकरणबाट सेवा सुविधा दिँदै आएको अस्पतालका निर्देशक डा. बुद्धिमान श्रेष्ठले बताए ।

पोखरामा व्यवस्थित र सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आएपछि दाँत तथा मुख स्वास्थ्यको उपचार खोज्न राजधानी जानु पर्ने समस्या घटेको स्थानीय बताउँछन् । 

अस्पतालमा मुख तथा दन्त स्वास्थ्य सम्बन्धी उपचारमा मात्र केन्द्रीत नभई जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको डा.श्रेष्ठले बताए ।
  
दुई दशक सम्म आइपुग्दा कान्तिपुर डेण्टल हस्पिटलले काँचुली फेर्दै सुविधा सम्पन्न आफ्नै भवनमा डेण्टल हस्पिटल र डेण्टल पढाउने शिक्षालय नै डेढ दशक अघिबाट सञ्चालनमा ल्याएर ३ सयभन्दा बढी विद्यार्थी स्वदेशी तथा विदेशी श्रमबजारमा आपूर्ति भई सकेको उनले जानकारी दिए ।

दुई वर्ष अघि मात्र सिटिइभिटिको सम्बन्धन लिएर ३ वटा प्राविधिक स्वास्थ्य शिक्षाको कार्यक्रम सञ्चालन गर्दै आएको डेन्टलमा सर्टिफिकेट इन डेण्टल साइन्सका साथै डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्निसियन र पिसियल रेडियोग्राफी विषयका ३ वर्षे कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

कुल ७३ जना जनशक्तिले प्रत्यक्ष रोजगारी हासिल गरेको कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सका विभिन्न चार संकायमा गरी प्रत्येक वर्ष १ सय ४० जना विद्यार्थी भर्ना भएर प्राविधिक शिक्षा पाईरहेको एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत सिता श्रेष्ठले बताइन् । ९० प्रतिशत महिला कर्मचारीहरुद्वारा सञ्चालित संयुक्त एकेडेमीका अधिकृत श्रेष्ठले १४ जनाले पूर्ण छात्रवृत्तिमा निःशुल्क अध्ययन गर्दै आइरहेको जानकारी दिइन् ।
 
२० वर्ष लामो सेवा व्यवसायमा कान्तिपुर इन्स्टिच्युटले स्वास्थ्य शिक्षामा रहेको टेवा र ७३ जनालाई प्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ । २१ औं शताव्दीको शिक्षा प्राविधिक शिक्षाको मुल उद्देश्यमा रहेको इन्स्च्यिुटका औचित्य र आवश्यकता झन वढि झन् प्रभावकारिता देखिएको छ । राज्यले तोकेको शुल्कमा पढ्न पाउनुले पनि मध्यम वर्गिय परिवारका जाँगरिया विद्यार्थीको लागि अवसरको रुपमा लिइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts