ओम अस्पतालमा पनि विपन्न नागरिक उपचार कोष अन्तर्गतको सेवा सुरु



Download our app to get more features


काठमाडौं, २२ माघ । चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरले क्यान्सरका बिरामीको उपचार सहुलियतमा गर्ने भएको छ । अस्पतालले क्यान्सर दिवसको अवसर पारेर मंगलबारबाट नेपाल सरकारको विपन्न नागरिक उपचार कोष अन्तर्गत सेवा सुरु गरेको जनाएको छ । 

सरकारले क्यान्सरसहित आठ प्रकारका कडा खालका रोग लागेका नागरिकलाई सहुलियत प्रदान गर्दै आएको छ । यस्तो सेवा तोकिएको अस्पतालहरूमा मात्र लिन सकिन्छ । विपन्न नागरिकलाई उपचारमा एक लाखसम्मको सहुलियत दिने व्यवस्था छ । अस्पतालले यस्तो सेवा दिए बापत बिरामीको संख्याका आधारमा स्वास्थ्य मन्त्रालयबाट शोधभर्ना लिने गर्छन् । 

Last modified on 2020-02-06 12:30:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts