तेश्रो नर्स एथ्लेटिक मिटमा दौडिए ३४ अस्पतालका नर्स



Download our app to get more features

काठमाडौं, २६ माघ । खगेन्द्र स्पोर्टस् फाउण्डेशन र ब्लुक्रस अस्पतालको संयुक्त आयोजनामा शनिवार तेश्रो नर्स एथ्लेटिक्स मिट सम्पन्न भएको छ ।

रन फर कमिटमेन्ट, रनर्स आर विनर भन्ने नाराका गरिएको प्रतियोगितामा ४ थरी खेलहरु आयोजना गरिएको थियो । जस अन्तर्गत ४ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर रिले दौड र ४ किलोमिटरको रोड रेश रहेको थियो । रोड रेशमा प्रतियोगीलाई स्वयम्भू मन्दिर परिक्रमा गराइएको थियो । 

खेलको युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले गरे । खेल कार्यक्रममा विभिन्न ३४ वटा अस्पतालले भाग लिएका थिए भने ४ जना नर्सेस खेलाडीले प्रतिस्पर्धा गरेका थिए । खेल अन्तर्गत एकसय मिटर दौड अन्नर्गत नेपाल मेडिकल कलेज जोरपाटीकी शर्मिला पौडेल प्रथम, सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव दित्तीय र ग्रिनसिटी अस्पतालकी पूजा राई तृत्तीय भइन् । त्यस्तै २ सय मिटर दौडमा ग्रिनसिटी अस्पतालकी पूजा राई प्रथम, सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव दित्तीय र उपेन्द्र देवकोटा मेमोरियल अस्पतालकी मुना श्रेष्ठ तृत्तीय भएकी छिन् । 

रोड रेसमा भने नेपाल प्रहरी अस्पतालकी खुशी हिराचनले प्रथम उपाधि हासिल गरिन् । सशस्त्र प्रहरी अस्पतालकी राजेश्वरी बधु दित्तीय भइन् भने सशस्त्र प्रहरी अस्पतालकै रोजी गजमेरले तृत्तीय स्थान हात पारिन् । ४ सय मिटर रिले दौडमा भने नेपाल मेडिकल कलेजक खेलाडीहरु प्रथम, ग्राण्डी अस्पतालका नर्स दोश्रो र प्रहरी अस्पतालका खेलाडी तेश्रो भए । 

बिरामीहरुको सेवामा अहोरात्र खटिने नर्सहरुलाई स्वस्थ रहन प्रेरणा दिने उद्देश्यले तीनवर्षयता कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठले हाम्रो डक्टरलाई बताए । फाउण्डेशनका महासचिव रजत श्रेष्ठले यस्ता प्रतियोगितामार्फत नर्सहरुको मनोबल बढ्ने भन्दै यस्ता कार्यक्रमलाई सरकारले पनि सहयोग गर्नुपर्ने भनाइ राखे । कार्यक्रममा ब्लुक्रस अस्पतालका मेडिकल निर्देशक डा. प्रज्ववलमान श्रेष्ठले यस्ता कार्यक्रम गर्न अस्पतालले सँधै साथ दिने बताए । 

प्रतियोगितामा विभिन्न उपाधि हासिल गर्ने नर्सहरुलाई नगद ५ हजार देखि २० हजारसम्म राशीको पुरस्कार, विभिन्न उपहार र टुर प्याकेजको व्यवस्था गरिएको आयोजकमध्येको एक ब्लुक्रस अस्पतालकी प्रबन्धक सति गौतमले जानकारी दिइन् । 

Last modified on 2020-02-09 11:51:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts