घुर्नु सामान्य रोग होइन यो दीर्घरोग हो


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

अब्स्र्टूटिक सिल्प अपोना अथवा सुतेको बेला घुर्ने सामान्यतया धेरै मानिसमा देखिने, वास्ता नगरिएको तर दीर्घकालिन समस्या ल्याउने रोग हो । यस्ता समस्या हरेक सयमध्ये ५ देखि १५ प्रतिशत मानिसमा देखिने गर्छ । सुतेको बेला ठुलो आवाजले घुर्नु, निन्द्रामा बेला बेला सास नफेर्नु र रातैभरि यो अवस्था दोहोरिनु यसको लक्षणहरू हुन् ।

यस्तो समस्या कसरी हुन्छ 
श्वास फेर्ने नली सानो हुनु, त्यसलाई स्थिर राख्ने मांसपेशीहरू कमजोर हुनु यसको कारण हो । जब श्वास नली सानो हुन्छ र सानो श्वास नलीबाट हावा जाँदा आवाज आउँछ । त्यहि आवाज नै घुर्नु हो । हामी जागेको समयमा सास फेर्ने नली हाम्रो शरिरको अधिनमा हुन्छ जसले गर्दा सास फेर्ने नली खुम्चिन पाउँदैन । तर सुतेको समयमा नलीलाई खुला राख्न मदत गर्ने मांसपेशीहरू शरीरको अधिनमा हुँदैनन् त्यसैले सुतेको समयमा पहिले देखिनै सानो भएको श्वास नली पुरै बन्द हुन जान्छ । जब हाम्रो शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । यो कुरालाई हाम्रो दिमागले बुझ्छ र हामी एक्कासी केहि क्षणका लागि ब्युझन्छौं । हामी ब्युँझिएपछि दिमागले श्वास नलीलाई खुला राख्न मद्दत गर्ने मांसमेशीहरूलाई फेरि आपm्नो अधिनमा राख्छ । अनि श्वास नली खुला हुन्छ र श्वास लिने र फाल्ने क्रम फेरि जारी हुन्छ । जसले गर्दा हाम्रो फोक्सोमा अक्सिजन पुग्छ । जब अक्सिजनको मात्रा कमी भएर ब्युँझिएको कुरा प्रायः हामीले थाहा पाउँदैनौ तर यो प्रक्रिया रातभर चलिरहन्छ । यसप्रकारले घुर्ने, श्वास लिने र फाल्ने क्रम फेरी जारी हुन्छ । जसले गर्दा हाम्रो फोक्सोमा अक्सिजन पुगिरहेको हुन्छ । यसप्रकारले घुर्ने, श्वास फेर्ने बन्द हुने, रगतमा अक्सिजन कमी हुने र मस्तिष्कले शरीरलाई ब्यँुझाएर फेरि श्वासप्रश्वास नियमित बनाउने प्रक्रिया सुतेको बेला रातभर चलिरहन्छ । सुतेको बेलामा बारम्बार थाहा नपाईकन रातभर ब्युँझिरहने भएकोले हाम्रो शरीरले बिहान उठ्दा राम्ररी आराम पाउँदैन जसले गर्दा दिनभर थकान महशुस हुन्छ ।

vayoda

Hamro Doctor Apps2

यसको लक्षणहरू 
सुतेको समयमा ठुलो आवाजले घुर्ने नै यसको प्रमुख लक्षण हो । यस बेला केही क्षणका लागि श्वास फेर्न बन्द हुनु, अनि केही समयपछि फेरि श्वास फेर्नु, घाँटीमा श्वास अड्केर निन्द्रा मै उठ्नु, बिहान उठ्दा टाउको दुख्नु वा भारी हुनु, बिहान उठ्दा घाँटी सुख्खा हुनु, निन्द्रा नपुगेको अनुभब हुनु, दिउँसो धेरै निन्द्रा लागिरहनु वा निदाउनु, राति सुतेको बेला घरि घरि ब्युँझिरहनु, राति बारम्बार पिसाब फेर्न गईराख्नु पढ्दा, टेलिभिजन हेर्दा, कुनै समारोहमा जाँदा निन्द्रा लाग्नु, समस्या बढ्दै गयो भने गाडी हाक्दा, काम गर्दा, गफ गर्दा पनि निदाउँने हुन्छ । निन्द्रा नपुगेकोले चिडचिड हुने, बानी व्यहोरा परिवर्तन हुनु, स्मरणशक्ति कमजोर हँुदै जानु, यौन दुर्वलता हुनु, मुटुको समस्याहरू जस्तै हार्ट फेलियर, हापरटेन्सन, हार्ट अट्याक हुनु आदि । 

यसका कारणहरू 
सामान्यतया यो समस्या श्वास फेर्ने नली सानो भएर हुने गर्छ । श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छ । ति निम्न छन् ः–
घुर्ने समस्या मोटा मान्छेमा सामान्य मान्छेमा भन्दा धेरै हुन्छ । नाकमा केही समस्या छ भने यो समस्या हुने गर्छ । किन भने मुखले श्वास फेर्नू पर्ने हुन्छ । जसले गर्दा जिब्रो पछाडी धकेलिन्छ मुख खोलेर श्वास फेर्नु पर्दा श्वास नली सानो हुन्छ । टन्सिल ठुलो भएमा पनि श्वास नली सानो बन्न सक्छ ।

समस्या बारे थाहा कसरी थाहा पाउने 
सिल्प स्टडीको जाँचबाट बिरामीले श्वास फेर्ने क्रममा कति चोटि श्वास बन्द हुन्छ भनेर देखाउँछ । बिरामी निन्द्रामा कति पटक ब्यँुझिन्छ भनेर पनि यो स्टडीले देखाउँछ । शरीरमा अक्सिजन मात्रा कति घट्यो भनेर देखाउँछ । निन्द्रा कत्तिको गहिराई, घुराईको आवाजको मात्रा देखाउँछ । आवश्यक परेमा इन्डोस्कोपी, एक्स–रे, सिटी स्क्यान र एमआरआई ९ नाक र घाँटी० को उपचार विकल्पहरू छन् । 
यसमा वैकल्पिक उपचारहरूमा वजन कम गर्ने, चुरोट रक्सी नखाने, मस्तसँग निदाउने, कोल्टे वा घोप्टो परेर सुत्ने, नियमित व्यायम गर्ने, चिकित्सक सरसल्लाह अनुरुप जीवनसैली अपनाउने घुर्ने समस्यालाई बेवास्ता गर्दा निन्द्रा राम्रोसँग नपर्ने हुनाले दिनचर्यामा शिथिलता आउँछ । जसले गर्दा स्मरणशक्ति कम हुँदै जान्छ । एन्जाईटी र डिप्रेसन समेत हुन सक्छ । दिउँसो धेरै निन्द्रा लाग्छ, काममा ध्यान कम लाग्छ, कार्यक्षमता कम हँुदै गईरहेको अनुभव हुन्छ । 

लामो दुरीको सवारीचालकमा यस्तो समस्या छ भने दुर्घटना हुने सम्भावना दुई सय गुणा बढी हुन्छ । ग्यास्ट्रिकको समस्या देखा पर्छ । औषधि खाँदा पनि राम्रोसँग कन्ट्रोल हँुदैन पक्षघात हने सम्भावना सामान्य मानिसमा भन्दा ज्यादा हुन्छ । आँखामा जलबिन्दु, आँखाको नसा सुक्ने सम्भावना पनि यस्ता मानिसमा सामान्य मानिसमा भन्दा ज्यादा हुन्छ । यौनइच्छामा कमी आउँनु यौन दुर्वलता वा अक्षमता बढ्दै जाने पनि हुन्छ । यस्तै यस्ता व्यक्ति साधारण व्यक्ति भन्दा चाडै मर्ने सम्भावना ४० प्रतिशत भन्दा बढी हुन्छ । 

यसका भ्रमहरु 
धेरै थाक्यौ भने घुरिन्छ र यो सामान्य हो भनेर बुझ्नु गलत हो । कोही मान्छे घुरेर सुतिरहेको छ भने आहा।।। कति राम्रो निन्द्रा परेको भनेर बुझ्नु । म घुरे पनि ओछ्यानमा जाने बित्तिकै निदाउँछु भन्न् । मलाई समस्या छैन भनेर बुझ्नु । उमेर बढ्दै गएपछि घुर्नू सामान्य हो भनेर बुभm्नु । यसले हाम्रो शरीरमा केही असर गर्दैन भन्नु । घुर्नु वंशानुगत रोग हो भनेर बुझ्नु पनि गलत हो । 

यसको सत्यता घुर्ने समस्या दीर्घकालिन रोग हो । यसले दुख्ने, पोल्ने नभएकाले हामी यसलाई बेवास्ता गर्छो तर यो राम्रो होइन । यसको समयमा उपचार गर्नु पर्छ । घुर्नु र यससम्बन्धी समस्याहरू संसारको एक नम्बरको स्वास्थ्य समस्या हो । यस्तै प्रेसर, सुगर, मुटु रोगको अरु दीर्घकालिन रोग नियन्त्रण नहुनुको एक नम्बरको कारण घुर्नु र यो सम्बन्धित समस्या हो ।
 

ohm pharmaceuticals Kathmandu Cancer Center alka

Leave a Comment


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts