कान्तिपुर डेन्टल कलेज तथा अस्पतालमा संक्रमण नियन्त्रण सम्बन्धी तालिम सम्पन्न



Download our app to get more features

काठमाडौं, २९ माघ । राजधानीको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालमा संक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

कलेजको संयोजन तथा ला ट्रोब विश्वविद्यालय अष्ट्रेलियाको सहयोगमा मंगलबार र बुधवार डेन्टल हाइजेनिष्टहरुका लागि संक्रमण नियन्त्रण तथा व्यवस्थापन तालिम सम्पन्न भएको हो । 
उक्त कार्यक्रममा ला ट्रोब विश्वविद्यालयको मुख स्वास्थ्य कार्यक्रमका संयोजक डा. रोन नेभेलले मुख स्वास्थ्यको संवेदनशिलताका बारेमा बोल्दै उपचारका क्रममा हुनसक्ने संक्रमण फैलावट नियन्त्रण सम्बन्धी विधिका बारेमा प्रकाश पारेका थिए । उक्त टोलीका अर्का विशेषज्ञ केली डिम्यान्नो र सोन्जा डि मट्टियोले संक्रमण नियन्त्रण सम्बन्धी विभिन्न चरण र प्रकृयाका बारेमा सहभागीलाई तालिम दिएका थिए । 

तालिममा काठमाडौं,पाल्पा, कास्की, नवलपरासी, लगायत बिभिन्न जिल्लाबाट डेन्टल सर्जन,  डेन्टल हाइजिनिष्ट, डेन्टल चियर साईड असिस्टेन्ट तथा स्टेरिलाइजेसन प्राविधिकहरु सहभागी भएका थिए । कार्यक्रममार्फत सहभागिहरुले बिभिन्न रोगको संक्रमणबाट आफु तथा बिरामीलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारे प्रशिक्षण लिएको अस्पतालका अध्यक्ष तथा डेन्टल सर्जन डा. बुद्धिमान श्रेष्ठले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए ।  मुख तथा दाँतको उपचारका क्रममा अस्पताल तथा स्वास्थ्यकर्मीले संक्रमण नियन्त्रण तथा व्यवस्थापन राम्रो नभएमा टिबी, एचआईभी, हेपाटाइटिस, हर्पिस लगायत अन्य सरुवा रोग सजिलै सर्ने जोखिम भएकाले यससम्बन्धी तालिम चलाइएको डा. श्रेष्ठले बताए । 

Last modified on 2020-02-12 18:34:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts