महिनावारीका बेला कपाल नुहाए यस्ता समस्या



Download our app to get more features

एजेन्सी । मासिक धर्म अर्थात महिनावारी माहिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । शरीरमा भएको अशुद्ध रगत बाहिर निस्कने यो एक मासिक चक्र हो । शरीरबाट रगत बाहिरिने भएकाले यो समय अन्य बेला भन्दा बढी आराम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ । 

महिनावारीका बेला कपाल नुहाउनु हुँदैन भन्ने कहानी छ । हुनत महिनावारीसम्बन्धी धेरै नै कहानी छन् । कतिपय परम्परागत रुढीवादी सोचका उपच पनि छन् भने केही राम्रा पनि छन् । कतिपय महिलाले यस्ता सबै पुराना कहानीलाई भ्रम मान्छन् । तर, पुराना कहानी भन्दैमा सबै नराम्रा हुँदैनन् । यस्तै मध्येको एक हो महिनावारीका बेला कपाल नुहाउनु हुँदैन भन्ने । महिनावारीका बेला कपाल चिसो बनाए यस्ता समस्या देखिने विभिन्न अध्ययनले देखाएको छ । 

शरीरका सबै खराब रगत बाहिरिदैन
महिनावारीका बेला शरीरको सबै खराब रगत बाहिरिनु आवश्यक छ । यदि सबै रगत बाहिरिएन भने यो गर्भाशयमा थेग्ला बनेर रहन्छ । पछि यो नै समस्या बन्छ । शरीरमा भएका सबै खराब रगत बाहिरन शरीर तातो हुनुपर्छ । शरीर चिसो भयो भने गर्भाशयमा रगत अड्किने हुन्छ । यसरी रगत अड्किएकै कारण पेट धेरै दुख्ने हुनसक्छ । सामान्यतया महिनावारीको पहिलो दिन कपाल ननुहाउन चिकित्सकहरूको सुझाव छ । तर महिनावारीको अन्तिम दिन भने कपाल नुहाउँदा केही नहुने उनीहरुको भनाइ छ । 

अन्य शारीरिक समस्या पनि हुनसक्छ 
महिनावारीको बेला शरीर भित्रको सबै खराब रगत बाहिरिएन भने अन्य बिकार पनि उत्पन्न हुनसक्छ । जस्तैं शरीरमा संक्रमण हुने, पेट दुख्ने आदि । महिनावारीका बेला कपाल ननुहाउने हो भने यी समस्याबाट छुट्कारा पाउन सकिने सुझाव छ ।   

तातो पानीको प्रयोग
कतिपय अवस्थामा महिनावारी भएका बेला कपाल नुहाउनै पर्ने बाध्यता हुनसक्छ । यस्तो अवस्थामा तातो पानी प्रयोग गर्न सकिने सुझाव छ । तातोपानीको प्रयोगले महिनावारीमा हुने पीडा पनि कम हुन्छ । किनकी तातो पानीले रक्तसञ्चारलाई सहज बनाउँछ । 
 

Last modified on 2020-02-13 11:38:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts