२४ घन्टामा कोरोनाबाट  १०२ जनाको मृत्यु 



Download our app to get more features

एजेन्सी,५माघ ।चीनमा फैलिएको कोरोना भाइरसका कारण २४ घन्टामा १०२ जनाको मृत्यु भएको छ ।यस सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ सय ७७ पुगेको छ । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार आइतबार १६ सय ६५ जनाको उक्त भाइरसका कारण मृत्यु भएको थियो । 

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार थप दुई हजार नौ जनामा कोरोना भाइरसको नयाँ संक्रमण भएको छ । चीनको युआन प्रान्तबाट फैलिएको उक्त भाइरस हाल विश्वका विभिन्न ३० मुलुकहरुमा फैलिसकेको छ। शनिबार मात्रै चीनमा थप १९ सय १८ जनामा उक्त भाइरसको नयाँ संक्रमण भएको बताइएको छ । हालसम्म ६५ हजार ५०० सय मानिसहरु यस भाइरसबाट संक्रमित भइसकेका छन् । हालसम्म उक्त भाइरस संक्रमितमध्ये १४ हजार १९ बिरामीहरु उपचारपश्चात् घर फर्कि सकेका चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts