पानी : कहिले पिउने, कति पिउने, कसरी पिउने ? जानौं



Download our app to get more features

एजेन्सी/ पानी पिउने विषयमा हामीमा व्यक्ति पिच्छे आ–आफ्नै धारणा छ र त्यसलाई अनुसरण गर्दै आइरहेका पनि छांै । कोही खाली पेटमा पानी खानु ठिक भन्छन् भने कोही खाली पेटमा पानी खानै हँुदैन भन्छन् । कोही खान खाएर लगत्तै पानी खानु खराब भन्छन् भने कोही ठिक । त्यसो भए पानी कतिबेला खाने, कसरी खाने र कति खाने भन्ने विषयमा धेरैलाई चासो छ । आधुनिक चिकित्सा र आयुर्वेद्धका केही अध्यनले पानी कति पिउने, कहिले पिउने, कसरी पिउने भनेर केही सुझाब दिएको छ । जानौं

यसकारण पानी नियमित पिउनुपर्छ
चिकित्सकहरूले हरेक दिन ८–१० गिलास पानी पिउन सुझाव दिन्छन् । पर्याप्त पानीले शरीरको मेटाबलिज्म ठिक रहन्छ जसले पाचन पक्रियालाई ठिक बनाइराख्छ । पानी नियमित पिउने मानिसको शरीरमा बोसो जम्मा भएर बस्दैन । हाम्रो शरीर ७५ प्रतिशत पानीले नै बनेको हुन्छ । यही पानीले शरीरको विभिन्न अंगमा पोसकतत्व पु¥याउने काम गर्छ ।

पानी पिउने गलत तरीकाले बिरामी
गलत समय गलत तरीका र गलत मात्रामा पानी पिउँदा पेट दुख्ने, पाचन प्रक्रिया खराब हुने, मधुमेह, उच्च रक्तचाप, टाउको दुख्ने, शरीर भारी हुने, मिर्गौलाको समस्या पनि हुनसक्छ । हरेक व्यक्तिले आफ्नो शरीरको अवस्था अनुसार पानी पिउनु पर्छ । यसकारण हरेक व्यक्तिमा पानीको मात्रा फरक फरक आवश्यक पर्छ । यस विपरित पानी पिएमा बिरामी पर्ने सम्भावना पनि हुन्छ । 

पानी पिउने उपयुक्त समय
बिहान उठेपछि दुई गिलास पानी पिउनुपर्छ । आयुर्वेदअनुसार खाली पेटमा पिएको पानीले शरीरलाई फाइदा गर्छ । यो पानीले शरीरभित्र रहेका विषाणुहरू बाहिर ल्याउन मद्दत गर्छ । यसरी पानी पिउँदा कब्जियतको समस्या पनि हटेर जान्छ । यस्तैं खाना खानु भन्दा करिब ३० मिनेटअघि र पछि मात्रै पानी पिउनुलाई पनि राम्रो मानिन्छ । यसले खानालाई पचाउन मद्दत गर्छ । खाना खाँदाखाँदै पानी खानु शरीरको लागि हानिकारक हो । यस्तो व्यवहारले शरीरलाई नोक्सानी पु¥याउँछ । 

कतिबेला पिएको पानीबाट के फाइदा ?
नुहाउनु भन्दा आधा घण्टाअघि पानी पिउँदा रक्तचापको समस्या हुँदैन । यस्तंै सुत्नु भन्दाअघि पानी पिउँदा हृदयघातको जोखिम कम हुन्छ । घरबाट बाहिर हिड्दा पानी पिएर निस्कनु राम्रो हुन्छ । साथै शारीरिक परिश्रमयुक्त काम गर्दा, शारीरिक अभ्यासपछि पानी पिउनु पर्छ । नत्र पसिनामार्फत शरीरको पानी गएर डिहाड्रेसन हुने जोखिम रहन्छ । 

उभिएर पानी नपिउने 
आयुर्वेदका अनुसार पानी पिउदा कहिल्यै उभिनु हुँदैन । उभिएर पानी पिउँदा सिधै पेटको तल्लो भागमा पुग्ने गर्छ । जसका कारण पानीमा भएको पोषक तत्व शरीरले नलिइ बाहिरिने सम्भावना हुन्छ । 
पानी पिउँदा थोरै मात्रा र ढिलो गर्नुपर्छ । घट–घट पिउनु भन्दा सिप–सिप पानी पिउनुपर्छ । पानीको साथसाथै हाम्रो मुखमा भएको ¥याल, थुक पनि पेटमा पुग्छ । ढिलो गरी पानी पिएमा पाचन तन्त्र पनि बलियो हुन्छ । 

कस्तो पानी पिउने
आयुर्वेदका अनुसार पिउने पानी र शरीरको तापक्रम बराबर हुनुपर्छ । गर्मीको बेला फ्रिजको र जाडोको बेलामा धेरै तातो पानी पिउन् पनि शरीरको लागि हानीकारक हो ।
 

Last modified on 2020-02-18 15:28:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts