कोरोना भाइरसको स्रोत जनावर नै भएको कुनै प्रमाण भेटिएनः वैज्ञानिक



Download our app to get more features


काठमाडौं, ७ फाल्गुन । इरानमा पहिलो पटक कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । 

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार कोम सहरमा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएको छ । इरानको राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण भेटिएको चीनको मेडिकल जर्नल दी लेनसेटमा  उल्लेख छ ।

यसैबीच कोरोना भाइरसका कारण अहिलेसम्म विश्वका ३० भन्दा बढी मुलुकमा मानिसहरु प्रभावित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

संगठनले बुधबार जारी गरेको तथ्यांकमा विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण ७३ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने १८ सय ७३ जनाको मृत्यु भएको छ । 

यता, वैज्ञानिकहरुले विश्वभर फैलिएको कोरोना भाइरस जनावरबाट उत्पति नभएको बताएको छ । विश्वका विभिन्न देशबाट कोरोनाभाइरसको विषयमा अध्ययन गरिरहेका वैज्ञानिकहरुको टोलीले नोवेल कोरोना भाइरस उत्पतिको स्रोत जनावर नै भएको कुनै ठोस प्रमाण फेला नपरेको जनाएको छ । यसअघि चीनको प्रयोगशालामा समुद्री खाद्य र जनावरबाट यो भाइरस फैलिएको भन्ने जनाएको थियो ।

समाचार संस्था सीएनन, फक्स न्यूज लगायतका संस्थाका अनुसार वैज्ञानिकहरुले वुहानमा देखिएको कोरोना भाइरस जनावरबाटै फैलिएको कुनै प्रमाण नभेटेको बताएका छन् । यसको वास्तविकताको विषयमा अझै अध्ययन हुँदैछ ।

Last modified on 2020-02-19 21:22:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts