नागरिकलाई घरभित्रै मास्क लगाउन कोरिया सरकारको आग्रह 



Download our app to get more features

एजेन्सी,९ फागुन । कोरोना भाइरस संक्रमणका कारण बिहीबार दक्षिण कोरियामा एक जनाको मृत्यु भएपश्चात् दक्षिण त्यहाँ कोरोनाका भाइरसका कारण क्रास बढेको छ।कोरोना भाइरसको संक्रमण बढेसँगै दक्षिण कोरियाली सरकारले आफ्ना नागरिकलाई घरभित्र बस्दा समेत मास्क लगाउन आग्रह गरेको छ। 

उक्त भाइरस संक्रमणका कारण ६३ वर्षिया पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बिहीबार मृत्यु भएको कोरियाली सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । हाल दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १ सय ४ पुगेको छ । यस भाइरसका कारण डाइगु क्षेत्र बढी प्रभावित भएको देखिन्छ । बिहीबार मात्रै यस क्षेत्रमा ३५ जनालाई कोरोना भाइरसको नयाँ संक्रमण भएको थियो । कोरोनाको संक्रमण बढेसँगै यस क्षेत्र सुनसान देखिन थालेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts