कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुग्यो 



Download our app to get more features

एजेन्सी , १० फागुन । कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ। मंगलबार ३१ जना मात्रै संक्रमित रहेकोमा शनिबार उक्त संख्या बढेर ४ सय ३३ पुगेको हो ।

हालसम्म कोरोना भाइरसबाट दक्षिण कोरियामा २ जनाको मृत्यु पुष्टि गरिएको छ । दक्षिणपूर्वी शहर चङडुको अस्पताल र चर्चमा संक्रमण फैलिएको कोरियन सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । चङडुको दाइनम अस्पतालमा उपचाररत १ सय ८ जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।कोरोना संक्रमितको संख्या बढेसँगै प्रभावित क्षेत्रका नागरिकहरुलाई घरबाहिर ननिस्कनका लागि सरकारले आग्रह गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts