यूरोपमै सबैभन्दा धेरै कोरोना संक्रमित मुलुक बन्यो इटाली  



Download our app to get more features

एजेन्सी,१० फागुन । इटालीमा कोरोना भाइरस संक्रमितको संख्या ७९ पुगेको छ । भने दुई जनाको उक्त भाइरसका कारण मृत्यु भएको छ । यो सँगै इटाली यूरोपमा नै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित  मुलुक बनेको छ। 

कोरोना भाइरसका कारण इटालीका १ दर्जन शहर बन्द भएका छन् । प्रधानमन्त्री जुजेपे कोन्टेले आपतकालीन योजनाको घोषणा गर्दै उतरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरुलाई क्वारेन्टाइनको अवस्था राखिएको बताएका छन् । चीनको हुवईबाट सुरु भएको उक्त भाइरसको प्रकोप हाल विश्वका २६ मुलुकहरुमा फैलिसकेको छ।चीनमा मात्रै हालसम्म ७६,३९२ मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ भने २,३४८ मानिसहरुले उक्त भाइरसका कारण ज्यान गुमाइसकेका छन् । 
 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts