साना साना कुरामा रुनु पनि स्वास्थ्यका लागि फाइदा



Download our app to get more features

एजेन्सी, ११ फागुन । आम मानिसमा खुलेर हाँस्दा स्वास्थ्यका लागि फाइदा हुन्छ भन्ने विश्वास छ तर खुलेर हास्नु मात्रै होइन खुलेर रुनु पनि स्वास्थ्यका लागि निकै फाइदा हुने विभिन्न अध्ययले देखाएको छ । 

अचेल मानिसमा खुलेर रुने त के हास्ने समेत फुर्सद छैन । विशेषज्ञहरुका अनुसार यही कारण डिप्रेसनका बिरामी दिन प्रतिदिन बढिरहेका छन् । यस्तै समस्या न्यूनिकरणका लागि भारतको सुरतमा हालै क्राइङ क्लब (रुने क्लब) को स्थापना भएको छ । जहाँ खुलेर रुने वातावरण निर्माण गरिन्छ । जसका कारण मानिसहरु आफुलाई हल्का महशुस गरेर फर्किन्छन् । यो क्लब विशेषगरी स्थानीय कलेजमा पढ्ने छात्राहरुका लागि स्थापना गरिएको हो । क्लबमा लाफ्टर थेरापिष्ट र चिकित्सकहरुको पनि सहभागिता रहन्छ । उनीहरुको भनाइ छ, ‘मानिसहरु खुलेर हास्न जहाँ पनि सक्छन् तर खुलेर रुन जहाँ पायो त्यही सक्दैनन् ।’ उनीहरु रुँदा दुःख, दर्द कम हुनुका साथै मन भएका बोझ हल्का हुने बताउँछन् ।  

खुलेर रुँदा शरीरको हानीकारक तत्व बाहिरिन्छ
खुलेर रुदा शरीरको हानिकारक तत्व बाहिर निस्कने विशेषज्ञहरुको भनाइ छ । मानिसको आँखामा आशु त्यसबेला आउँछ जति बेला उ कुनै विषयलाई लिएर ज्यादै भावुक, दुःखी वा खुसी हुन्छ । आशुमार्फत आँखालाई पीडा दिने पदार्थहरु बाहिरिन्छ । चिकित्सकहरुका अनुसार रुँदा तनाव कम हुन्छ, रक्तचाप सामान्य बन्छ र रक्तसञ्चार पनि नियमित हुन्छ ।

रुँदा हुने फाइदा यी हुन्

  • रुँदा मानिस भावुक हुन्छ र एन्डोक्राइन सिस्टमले आँखाको हर्मोन उत्पादन गर्छ । यसैबेला आँखामा भएका हानिकारण तत्वहरु आशुमार्फत बाहिरिन्छ । 
  • रुँदा आँखामा उत्पन्न हुने तत्वले ९० प्रतिशत ब्याक्टेरिया नष्ट गर्छ । 
  • रुँदा भावुकता पनि सकिन्छ । 
  • भावुक भएर रुँदा आँखामा ल्यूसिनएन्केफिन आउँछ । जसले मानिसको मुडलाई सामान्य बनाउँछ र पीडा कम गर्छ । यसो हुँदा आराम मिल्छ । 


 

Last modified on 2020-02-23 16:15:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts