कोरोना नियन्त्रणका लागि विवाह स्थगित गरेका डा. योङको कोरोना कै कारण मृत्यु



Download our app to get more features

ऐजेन्सी, ११ फागुन । विवाह मितिलाई सारेर कोरोना भाइरस (कोभिड–१९) को उपचार अभियानमा खटिएका चीनका एक २९ वर्षीय चिकित्सकको कोरोना संक्रमण कै कारण मृत्यु भएको छ । प्रकोपको रुपमा फैलिरहेको कोभिड–१९ नियन्त्रणमा आएपछि विवाह गर्ने गरी उनले हुनेवाली श्रीमतीसँग सहमति गरेर काममा खटिएका थिए । उनीहरुले १ फेब्रुअरीमा विवाह गर्ने योजना बनाएका थिए । 

स्थानीय स्वास्थ्य ब्यूरोद्वारा २० फेब्रुअरीमा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा. पेङ यिनहाउ पिपुल्स हस्पिटलमा श्वासप्रश्वाससम्बन्धी चिकित्सक थिए । यो हस्पिटल जुन उहान शहरको जाङछियामा पर्छ ।’ उहान चीनमा पहिलो पटक कोभिड–१९ देखिएको शहर हो । डा. पेङ २५ जनवरीमा हस्पिटलमा भर्ना भएका थिए । ३० जनवरीसम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था निकै खराब भइसकेको थियो । त्यसपछि उनलाई जिन्यनता हस्पिटल उहान पठाइएको थियो । दुर्भाग्यवस उनी ठिक हुन सकेनन् । उपचार कै क्रममा उनको २० फेब्रुअरीमा ज्यान गयो ।

चिनीया समाजिक सञ्जालहरुमा डा. पेङको मृत्युप्रति निकै नै भावुक समवेदनाहरु सम्प्रेषण भइरहेका छन् । उनीहरुले डा. पेङका अभिभावक र हुनेवाली वेहुलीप्रति भावुक समवेदन दिइरहेका छन् । 
 

Last modified on 2020-02-23 16:00:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts