इटलीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि आपतकालिन घोषणा



Download our app to get more features

बीबीसी, १२ फाल्गुन । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले आपतकालिन घोषणा गरेको छ ।
 
कोभिड-१९ अर्थात् नयाँ कोरोना भाइरसको बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका हुन् । सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड-१९ का कारण मृत्यु भएपछि गरिएको हो ।

योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारेन्टाइनको अवस्थामा राखिएको छ । ती सहरहरूका झन्डै ५० हजार मानिसहरूलाई घरभित्रै रहन भनिएको छ ।

प्रधानमन्त्री कोन्टेले सो सहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको छ । त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू निलम्बन गरिएको छ ।

आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो । प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ ।

इटलीका अधिकारीहरूले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन् । “यो भाइरस सर्ने सम्भावना निकै धेरै छ” लाम्बार्डीका स्वास्थ्य प्रमुखले बताए ।

चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस अहिलेसम्म विश्वका २६ देशमा फैलिसकेको छ र चीनबाहिर १ हजार ४ सयभन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ ।

Last modified on 2020-02-24 10:02:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts