कोलेस्ट्रोलको बेवास्ता गरे हृदयघातको जोखिम बढी, यस्ता छन् जोगिने उपाय



Download our app to get more features

सामान्य भाषामा कोलेस्ट्रोल भनेको रगतमा बोसोको मात्रा आवश्यक भन्दा बढी हुनु हो । कोलेस्ट्रोल २ किसिमका हुन्छन् । शरीरका लागि राम्रो गर्ने एचडिएल कोलस्ट्रोल र नराम्रो गर्ने एलडिएल कोलेस्ट्रोल । राम्रो कोलेस्ट्रोलले हृदयघात, पक्षघात हुनबाट बचाउँछ भने नराम्रो कोलस्ट्रोलले हृदयघात र पक्षघात गराउन मद्दत गर्छ । शरीरमा नराम्रो कोलेस्ट्रोलको मात्रा कसरी घटाउने भन्ने विषयमा मुटुरोग विशेषज्ञ डा. अमित श्रेष्ठले केही सुझाव दिएका छन् । जानौं डा. श्रेष्ठका सुझाव :—

कारण 
कोलेस्ट्रोल गराउने मुख्य कारण मोटोपनलाई मानिएको छ । तर, दुब्लो मानिसमा कोलेस्ट्रोल नहुने भन्ने होइन । यस्तै मधुमेह, थाइराइड भएका र व्यायम कम गर्ने व्यक्तिमा पनि यो समस्या देखिन सक्छ । कतिपयमा वंशाणुगत रुपमा पनि यो समस्या देखिन्छ । 

लक्षण 
सामान्य अवस्थामा कोलेस्ट्रोल भए नभएको थाहा हुँदैन । रगतको परीक्षणपछि मात्रै कोलेस्ट्रोल पत्ता लगाउन सकिन्छ । हृदयघात, पक्षघात, मधुमेह जस्ता समस्या देखिइसकेपछि कोलस्ट्रोलको पनि लक्षण देखिन थाल्छ । 

उपचार
कोलेस्ट्रोलको मात्रा अनुसर उपचार गरिन्छ । एलडिएल १५० भन्दामाथि भएका मधुमेह र उच्च रक्तचापका बिरामीले २ प्रकारबाट उपचार गर्न सक्छन् । एउटा औषधि दिएर अर्को खानपिन र व्यायमबाट एलडिएल घटाउने । 

कस्तो अवस्थामा कोलेस्ट्रोल हुन्छ ?
कोलस्टोल जहिले पनि अरु रोगसँग जोडिएर आउँछ । कोलस्ट्रोल घटाएसँगै शरीरमा फाइदा पुग्न थाल्छ । कोलेस्ट्रोल बढेपछि पुनः बिरामीको अवस्था गम्भीर बन्छ ।

सुझाव 
हाम्रो देशमा धेरैले कोलेस्ट्रोललाई समान्य रुपमा लिन्छन् । कतिपयले कोलेष्ट्रोल भए नभएकै थाहा पाउँदैन । हृदयघातको प्रमुख कारण मध्ये कोलेस्ट्रोल पनि एक हो । यसकारण मुटुमा समस्या भएका व्यक्तिले नियमित रुपमा कोलेष्ट्रोलको परीक्षण गर्न जरुरी छ ।  

जो मानिसको उमेर ४५ वर्ष भन्दामाथि छ, जसलाई उच्च रक्तचाप र मधुमेह छ, जसको परिवारमा कसैलाई पक्षघात, हृदयघात भएको छ भने पनि त्यस्ता व्यक्तिले कोलेस्ट्रोलको नियमित परीक्षण गर्नुपर्छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts