रामेछापको नामाडीमा ओम समाजको निःशुल्क दन्त शिविर



Download our app to get more features

काठमाडौं, १३ फागुन । ओम समाज डेन्टल हस्पिटल तथा नामाडी रामेछाप–काठमाडौं समाजको संयुक्त आयोजनामा ९ फागुनमा निःशुल्क दन्त शिविर आयोजना भएको छ । 

शिविरको नेतृत्व ओम समाजका वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुभाषकुमार घिमिरेले गरेका थिए । यस्तै टोलीमा डा. हर्दिप कौर, डा. प्रीति गुप्तालगायतको सहभागीता थियो । सो अबसरमा १६५० जनाको दन्त स्वास्थ्य परीक्षण र  १३ सय भन्दा बढीलाई  ब्रस तथा मन्जन वितरण गरियको थियो । 

नामाडी रामेछाप -काठमाडौं समाजका अध्यक्ष बहादुर खड्काले ग्रामीण भेगमा सञ्चालन भएका यस्ता शिविरले मुख स्वास्थ्य र दन्त रोगसम्बन्धी जनचेतना जगाउन सहयोग पुगेको बताए । शिबिरमा प्रदेश सांसद शान्ति प्रसादले ओम समाजको सामाजिक अभियानलार्इ साथ दिने प्रतिवद्धता जनाए । ओम समाजका डा. सुभाषकुमार घिमिरे सबै नागरिकको लागि दन्त उपचार सरल र सुलभ बनाउन लागि परेको बताए । शिविरमा ओम समाज डेन्टल हस्पिटलकातर्फबाट आजीवन  सदस्य कार्ड पनि वितरण गारिएको थियो ।

Last modified on 2020-02-25 15:31:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts