इरानका स्वास्थ्य उपमन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण



Download our app to get more features

इरान, १४ फाल्गुन । इरानका स्वास्थ्य उपमन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य उपमन्त्री इराज हरिर्चीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

मन्त्रालयका प्रवक्ताका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई क्वारेन्टाइनमा राखिएको छ ।

इरानको कोम सहरममा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । तर, मृतकको सङ्ख्या अझ बढ्न सक्ने इरान सरकारले जनाएको छ । यस्तै राजधानी तेहरानमा पनि कोरोना भाइरसबाट १३ जना संक्रमित भएको पुष्टि भएको छ । उनीहरुलाई आइसोलेशन वार्डमा राखिएको छ ।

इरानको एउटा पवित्र धार्मिक स्थलहरू रहेको सहरमा कोरोना भाइरसको संक्रमण बढी फैलिएको छ ।

यसैबीच इरानका सबै विद्यालयहरु बन्द गरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । इरानसँग जोडिएका नाका, इरानकै विभिन्न सहरहरुमा मानिसहरुलाई आवतजावतमा पनि कडाइ गरिएको छ ।

Last modified on 2020-02-26 13:42:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts