इटालीमा कोरोना संक्रमितको संख्या ३ सय पुग्यो 

हालसम्म ११ जनाको मृत्यु 



Download our app to get more features

एजेन्सी ,१४ फागुन। युरोपकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुक इटालीमा उक्त भाइरस संक्रमितको संख्या ३ सय पुगेको छ । भने हालसम्म ११ जनाको मृत्यु भएको छ। 

कोरोना भाइरसका कारण इटालीका १ दर्जन शहर बन्द भएका छन्। नयाँ कोरोना भाइरसको बिरामीहरूको सङ्ख्या बढ्न थालेपछि प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका हुन् । उक्त योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारेन्टाइनको अवस्थामा राखिएको छ । ती सहरहरूका झन्डै ५० हजार मानिसहरूलाई घरभित्रै रहन भनिएको छ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts