इरानका उपराष्ट्रपतिलाई कोरोना संक्रमण 



Download our app to get more features

एजेन्सी, १६ फागुन – इरानका महिला उपराष्ट्रपति मासुमेह एब्टेकरलाई कोरोना भाइरसको संक्रमण भएको छ। 

कोरोना संक्रमणपश्चात् उपराष्ट्रपति एब्टेकरलाई घरमै क्वारेन्टाइनमा राखिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ । यसअघि इरानका उपस्वास्थ्यमन्त्री इराज हरिर्चीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । इरानमा हालसम्म २६ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने २४५ जना उक्त भाइरसबाट संक्रमित छन्। 

Last modified on 2020-02-28 14:43:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts