चाबहिलको सरस्वती एकेडेमीमा ओम समाज डेन्टलको निःशुल्क शिविर, २ सय विद्यार्थी लाभान्वित



Download our app to get more features

काठमाडौं, १६ फागुन । चाबहिलको गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो, सहज बनाउन भन्दै जसको दाँत सवल उसको जीवन सफल भन्ने नारा का साथ स्थानीय सरस्वती एकेडेमी इंग्लिस स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

हस्पिटलले सञ्चालन गरेको शिविरमा दुईसय जना विद्यार्थीको दन्त रोग विशेषज्ञ डक्टरको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको छ भने सबै विधार्थीलाई निःशुल्क ब्रस तथा मन्जन तथा आवस्यकता अनुसार औषधि पनि वितरण गरिएको छ । शिविरमा दन्त रोगका केही बिरामीलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाह सुझाव दिइएको अस्पतालले जनाएको छ। 

ओम समाज हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेलगायत  डा. सिजन श्रेष्ठ, असिस्टेन्ट सावित्रा निरौला तथा सागर काफ्लेको टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निशुल्क गर्दै आईरहेको जनाएको छ ।

शिविरबाट आफ्नो विधार्थीहरुमा दाँत मुखको स्वास्थ्य राम्रो हुने भन्दै स्कुलकी प्रिन्सिपल साधना दाहालले ओम समाज डेन्टल हस्पिटल प्रति आभार प्रकट व्यक्त गर्नुभयो ।

हस्पिटलले लगातार प्रत्येक साता दुई भन्दा बढी  निशुल्क दन्त शिविरहरु सञ्चालन गर्दै आइरहेको र सबै शिविरमा बिरामीलाई आजीवन सदस्य कार्ड वितरण गर्दै आइरहेको पनि जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts