नेपालसहित २६ देशमा कोरोना नियन्त्रणका लागि अमेरिकी सरकारद्वारा ३७ मिलियन डलर सहयोगको घोषणा



Download our app to get more features

एजेन्सी, २० फागुन । अमेरिकी सरकारले कोरोना संक्रमित २६ देशलाई सहयोग गर्ने गरी ३७ मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । सहयोग रकम अमेरिकी सरकारले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसआइडी) को आकस्मिक राहत कोषमा दिने घोषणा गरेको हो । 

यो रकम विश्व स्वास्थ्य संगठन, अन्य संघसंस्था, कार्यक्रममार्फत प्रभावित क्षेत्रमा खर्च गरिनेछ । तर ती कार्यक्रमको नेतृत्व यूएसआइडीले गर्नेछ । ७ फेब्रुअरी २०२० मा अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले कोरोना संक्रमण रोक्न एक सय मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेयता यो अमेरिकी सरकारको पहिलो सहयोग घोषणा हो । संक्रमणको जोखिम जहाँसुकै र जतिबेलै हुनसक्ने भएकाले अन्य संघसंस्थालाई पनि सहयोग गर्न अमेरिकी सरकारले आग्रह गरेको छ । यो रकम विशेषगरी अफगानिस्तान, एङ्गोला, इन्डोनेसिया, इराक, काजाकिस्तान, केन्या, साउथ अफ्रिका, ताजीकिस्तान, फिलिपिन्स, तुर्किमेनिस्तान, उज्बेक्सितान, जिम्बाबे, जाम्बिया, बंगलादेश, बर्मा, कम्बोडिया, इथियोपिया, मंगोलिया, नेपाल, नाइजेरिया, पाकिस्तानलगायतका देशमा सहयोग पुग्ने अमेरिकी सरकारले विश्वास लिएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts