विश्व श्रवण दिवसको अवसरमा पाटनमा सांगीतिक कार्यक्रम



Download our app to get more features

काठमाडौं, २१ फागुन । विश्व श्रवण दिवसको अवसरमा एयर केयर नेपाल र स्टार हस्पिटल सानेपा ललितपुरको संयुक्त आयोजनामा बृहत सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । 

मंगलबार पाटन दरवार स्क्वायर परिसरमा आयोजित कार्यक्रममा संगीतको माध्यमबाट कानको रोग तथा यसका रोकथामका सम्बन्धमा राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले कार्यक्रममा आफ्नो प्रस्तुति दिई गीतसंगीतको माध्यमबाट जनचेतना फैलाउन सहयोग गर्नुहुने कलाकारलाई अस्पतालले उपचार खर्चमा ५०% छुट प्रदान गर्ने घोषणा गरे । 

एयर केयर नेपालका अध्यक्ष डा. मिलन महर्जनले लेखेको कान सम्बन्धी गीतपनि सो कार्यक्रम मार्फत लोकार्पण गरिएको थियो । एयर केयर नेपालले आर्थिक रुपमा कमजोर भएका स्कुले बालबच्चाहरुको कानको उपचार स्टार हस्पिटलमार्फत गराउँदै आएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts