प्रेस संगठन नेपालको उपत्यका भेलाका सहभागीलाई अल्का अस्पतालद्वारा 'कोरोना जाँच'



Download our app to get more features

काठमाडौं, २४ फागुन । शनिबार बिहान ललितपुरको एक पार्टी प्यालेसमा सत्तारुढ नेकपा निकट प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटी भेला थियो ।  

भेलाको प्रमुख अतिथी थिए, नेकपा सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठ । भेलामा सहभागी हुनभन्दा अघि त्यहाँ खटेका चिकित्सकले श्रेष्ठको तापक्रम मापन गरे । तापक्रम मापन गरेपछि मात्र उनलाई कार्यक्रम सभास्थलमा जान चकित्सकले आिग्रह गरे ।  

सभामा उनलाई मात्र होइन नेकपा नेतृ अष्टलक्ष्मी शाक्य, नारायण दाहाल, सुर्य थापा, महेश्वर दाहाल लगायत सबै उपस्थितको तापक्रम मापन गरिएको थियो । ललितपुरको अल्का अस्पताल प्रालिले त्यहाँ चिकित्सक खटाएर सहभागीको तापक्रम मापन गरेर मात्र सभा स्थलमा पठाएको थियो ।  

कार्यक्रममा सहभागी कसैलाई पनि कोरोनाको लक्षण नदेखिएको अस्पतालले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले भने कोरानाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सभाहरु नगर्न सबैलाई अपिल गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts