घरैमा बनाउन सकिन्छ सेनिटाइटर जानौं



Download our app to get more features

एजेन्सी/ कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भएको छ । अभावको फाइदा उठाउँदै व्यापारीहरुले अवैध तरीकाले मुल्यसमेत बढाइरहेका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ । जसका कारण पनि बजारमा सेनिटाइजरको माग ह्वात्तै बढेको हो । 

बजारमा सेनिटाइजर अभाव भए पनि केही विशेषज्ञहरूले घरैमा पनि सेनिटाइजर बनाउन सक्ने उपाय सुझाएका छन् । यसरी बनाएको सेनिटाइजर प्राकृतिक मात्रै हुने छैन बजारमा पाइने भन्दा सुरक्षित पनि हुने उनीहरूको दावी छ । 
सेन्टर फर डिजिज एण्ड प्रिभेन्सनले अल्कोहलयुक्त सेनिटाइजर कोरोना भाइरसविरुद्ध संसक्त रहेको जनाएको छ । यस्ता सेनिटाइजरमा अल्कोहलको मात्रा ६० प्रतिशत हुने गरेको छ । यस्तो अवस्थामा बजारमा पाइने अल्कोहलयुक्त सेनिटाइजर सबैलाई राम्रो हुन्छ भन्न पनि सकिदैन । यसकारण घरको सेनिटाइजर राम्रो हुनसक्छ । 

आवश्यक सामाग्री
घरमा सेनिटाइजर बनाउन जम्मा चार सामाग्री आवश्यक पर्छ ।
१. भोड्का (सबै भन्दा सस्तो भए पनि हुन्छ)
२. एलोभेरा जेल
३. एसेन्सियल आयल
४. प्लाष्टिक वा शिशाको बोतल

विधि 
सबै भन्दा पहिला प्लाष्टिक वा शिशाको बोतलमा दुई तिहाइ भर्ने गरी भोड्का राख्ने । यस्तो भोड्कामा ३५–४० प्रतिशत अल्कोहलको मात्रा हुनुपर्छ । अब यसमा केही थोपा एसेन्सियल आयल राख्ने । बजारमा आफूलाई मन पर्ने बास्नामा एसेन्सियल आयल पाइन्छ । अन्तमा यसमा एलोभेराको जेल राख्नुपर्छ । एलोभेराको जेलले सेनिटाइजरलाई गाढा बनाउने गर्छ । सेनिटाइजर कत्तिको गाढा राख्ने सोही हिसाबले एलोभेरको जेल प्रयोग गर्न सकिन्छ । साथै पटक पटक अल्कोहल प्रयोग गर्दा छाला सुख्खा हुनसक्छ । एलोभेराको जेलले छालालाई सुख्खा हुन दिँदैन । यसरी तयार भएको सेनिटाइजरलाई बन्द गरेर राख्ने आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।  

घरैमा बनाएको सेनिटाइजरको फाइदा
बजारमा पाइने सेनिटाइजरमा अनावश्यक केमिकल मिसाएको पनि हुनसक्छ । जसले तपाईंको हातको छाला बिग्रन पनि सक्छ । तर घरमा बनाइएको सेनिटाइजरमा कुनै अप्राकृतिक तत्व मिसाएको हुँदै यस हिसाबले यो सुरक्षित हुन्छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts