स्टार हस्पिटल १४ औँ वर्षमा प्रवेश, एकसातासम्म सेवाग्राहीले ५० प्रतिशत छुट पाउने



Download our app to get more features

काठमाडौं, ३० फागुन । ललितपुरको सानेपास्थित स्टार अस्पताल लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारेर सेवा शुल्कमा भारी छुट दिने निर्णय गरेको छ । अस्पताल बिहीवारबाट १४ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले अस्पतालले ओपिडीदेखि औषधिसम्म छुट दिने बताए । 

अस्पतालले यहि चैत २ गते देखि चैत ७ गतेसम्म सम्पूर्ण ओ.पी.डी सेवा, ओ.पी.डी बाट हुने परिक्षणहरु, भर्ना शुल्क, अपरेशन शुल्क लगायत हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा ५०% छुट तथा औषधीमा १०% छुट प्रदान गर्ने निर्णाय गरेको छ । त्यसैगरि संस्थामा कार्यरत कर्मचारी तथा चिकित्सकलाई सम्मान गर्दै सप्ताहव्यापी कार्यक्रम समापन गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष किशोर कुमार मर्हजनले बिरामीलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न स्टार हस्पिटल सफल हुनुमा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । अस्पतालले आई.भि.एफ सेवा तथा एड्भान्स्ड जी.आई. एण्ड ल्याप्रोस्कोपिक सेन्टर पनि संचालन गर्न गईरहेको र निकट भविष्यमा नै स्टार अस्पताल सुपरस्पिेसियालीटी अस्पतालमा परिणत भई पूर्णरुपमा आफ्नो उडान भर्ने पनि मर्हजनले बताए । 

केही महिनाअघि थप लगानी सहित नयाँ शेयर सदस्य थपिएपछि अस्पतालले अधिकांश विधामा फुलटाइम चिकित्सक सहित सेवाको दायरा बढाउँदै लगेको छ । १ सय शैयाको क्षमता रहेको अस्पतालको विभिन्न स्वास्थ्य शिक्षा पढाई हुने कलेज समेत संचालनमा रहेका छन् । अस्पतालले हाल १८ पूर्णकालीन चिकित्सक सहित ४०० हाराहारीका स्वास्थ्यकर्मीको टोलीबाट उच्च स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । साताव्यापी वार्षिकोत्सव कार्यक्रम उद्घाटन संस्थाका अध्यक्ष किशोर कुमार महर्जन, प्रबन्ध निर्देशक डा. शैल रुपाखेती, संचालक समितिका सदस्यहरु नवराज पोखरेल, अरुण लाल श्रेष्ठ तथा सानेपा वडा नं. २ का वडाअध्यक्ष राजेश महर्जनले सामुहिक रुपमा गरेका थिए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts