ओम समाजले कोरोनाको संक्रमणबाट जोगिन बिरामीलाई मुख कुल्ला गर्न लगाउने



Download our app to get more features

काठमाडौं, ३ चैत्र । ओम समाज डेन्टल अस्पतालले कोरोना भाइरसबाट जोगिन विभिन्न उपाय अपनाउँदै आएको छ । संक्रमणको सम्भावित जोखिमबाट बच्न अस्पतालले बिरामीलाई मुख कुल्ला गर्न लगाउने अभियान सुरु गरेको छ । 

अस्पतालले अस्पतालमा आउने बिरामीको सुविधाका लागि हाल संक्रमण भइ रहेको कोरोना भाइरसबाट संक्रमित हुन नदिनका लागि बिरामीलाई आउनासाथ सेनिटाइजरले हात सफा गरि मुख कुल्ला गर्न लगाउने र बिरामीको तापक्रम नाप्ने यन्त्रले जाँच गरेर मात्र बिरामीको दन्त्य उपचार गर्ने पद्धति अपनाइएको अस्पतालका प्रशासन प्रमुख अजय रेग्मीले बताए ।

आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने गरेको यो शब्द चीनको ऊहान शहरबाट कोरोनाभाइरसको संक्रमण फैलिएपछि बढी प्रयोगमा आएको छ ।

कोरोना जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । अनुमान गरिएअनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि कुन जनावरबाट भनेर पत्ता लागिसकेको छैन तर चमेरो बाट सरेको भन्ने पाइएको छ  । चीनमा नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरससँग नमिल्ने भएकाले यसलाई ‘२०१९ नोभेल कोरोना भाइरस’ नाम दिइएको छ । 

कसरी थाहा पाइन्छ ?
जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

कोरोना भाइरसका लक्षणः
–ज्वरो आउने र खोकी लाग्ने ।

–सास फेर्न गाह्रो हुने ।

–छिटोछिटो सास फेर्ने ।

–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने ।

–समयमा उपचार नभए निमोनिया हुने ।

–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्ने ।

यसको संक्रमणबाट बच्न के गर्नेः

–व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

– रुघाखोकी लागेका मानिसको नजिक सम्पर्कमा नबस्ने ।

– भीडभाडमा सावधानी अपनाउने ।

– जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने ।

– खोक्दा हाँच्छ्यु गर्दा टाढा बस्ने वा रुमालले मुख छोप्ने ।

– लक्षण देखापरेमा चिकित्सकलाई सम्पर्क गर्ने ।

Last modified on 2020-03-18 15:27:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts