मध्य अमेरिकी देश  एल साल्भाडोर र निकारागुआमा पहिलोपटक कोरोनाको  भाइरस  भेटियो 



Download our app to get more features

बिबिसी, ६ चैत ।  मध्य अमेरिकी मुलुक निकारागुआले बुधबार कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको पहिलो घटना पुष्टि भएको उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन। निकारागुआका यी नागरिक भर्खर मात्र छिमेकी मुलुक पनामाको यात्राबाट फर्केका मुरिलोले राष्ट्रिय टेलिभिजनमा बताएका हुन्।

कोरोना भाइरसबाट सङ्क्रमित ती व्यक्तिलाई ज्वरो र सुख्खा खोकी जस्ता लक्षणहरु देखा परेपछि उनी अस्पताल  गएका थिए। अस्पतालमा परीक्षण गर्दा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको मुरिलोले बताएका छन। हाल बिरामीको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

त्यस्तै एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको साल्भाडोरका राष्ट्रपति नायब बुकेलेले बताएका छन।

कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको जनाइएको छ। हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत बताएका छन। 

सङ्क्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको  र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुसरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले बताएका छन।  

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वभरी ८ हजार ९७० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।त्यसैगरी विश्वभरी बिहीबारसम्म २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्।  सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन्।

Last modified on 2020-03-19 16:49:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts