इटलीमा कोरोनाको उपचारमा संलग्न १३ डाक्टरको मृत्यु, २ हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित



Download our app to get more features

इटली, ७ चैत । नोवेल कोरोना भाइरसको संक्रमणका कारण इटलीमा थप ५ जना डाक्टरको मृत्यु भएको छ । यो सँगै इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुने डाक्टरहरुको संख्या १३ पुगेको छ ।

चीनको वुहानपछि सबैभन्दा प्रभावित बनेको इटलीमा अहिलेसम्म २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । 

कोरोना भाइरसका कारण इटलीका विभिन्न स्वास्थ्य संस्था र स्वास्थ्य क्षेत्रमा कार्यरतको संख्या ८ दशमलव ३ पुगेको छ ।

कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी यसबाट प्रभावित हुने क्रम बढेको छ ।

यस्तै बुल्गेरिका दुई दर्जन बढी स्वास्थकर्मीले राजीनामा दिएका छन् । कोरोना भाइरसको संक्रमणबाट प्रभावितको उपचारमा खटिनुपर्ने सरकारको निर्णयपछि उनीहरुले राजीनामा दिएका हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts