अपडेट

कोरोनाका कारण इटलीमा एकै दिन ६ सय २७ को मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या ११ हजार पुग्यो 



Download our app to get more features

इटली, ८ चैत । कोरोना भाइरसका कारण इटालीमा पछिल्लो २४ घन्टामा ६ सय २७ को मृत्यु भएको छ ।

योसँगै इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । यस्तै ४७ हजार २१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । इटलीमा कोरोनाका कारण मृत्यु हुनेको दर चीनको भन्दा पनि बढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

स्पेनमा मृत्यु हुनेको संख्या १ हजार पुगेको छ भने इरानमा मृत्यु हुनेको संख्या १ हजार ४ सय पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसका कारण २ लाख ३५ हजार मानिस संक्रमित हुन सक्ने अनुमान गरिएको छ । तर, अमेरिकाको जोन होपकिन्स युनिभर्सिटिका अनुसार २ लाख ६० हजार मानिस संक्रमित हुन सक्नेछन् । अहिलेसम्म विश्वका एक सय ६६ मुलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ भने चीनमा ८७ हजार नागरिक उपचारपछि घर फर्केका छन् । 

अमेरिकामा एकै दिन कोरोना संक्रमितको संख्या १० हजार ४ सय ९० ले वृद्धि भई १६ हजार ५८ पुगेको छ । 

गत २४ घन्टामा मात्र अमेरिकामा कोरोना भाइरसका कारण १ सय ६९ को मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।

यसैबीच चीनपछि केन्द्र बनेको युरोपमा कोरोनाका कारण पछिल्लो समय मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ । इटली, स्पेन र जर्मनीमा गरि ५ हजारको मृत्यु भएको जनाइएको छ । योसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ हजार १ सय ७६ पुगेको छ ।

Last modified on 2020-03-21 07:01:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts