जहाजका यात्रुमा कोरोना भेटिएपछि २७ सय जनालाई क्वारेन्टाइनमा बस्न अस्ट्रेलियाको आग्रह



Download our app to get more features

बीबीसी, ८ चैत । अस्ट्रेलियाको एउटा जहाजमा रहेका यात्रुमा कोरोनाभाइरस भेटिएपछि २७ सय जना यात्रुलाई छुट्टै बस्न भनिएको छ ।

न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामक जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गर्दै जहाजमा सवार २ हजार ७ सय जनालाई छुट्टै बस्न आपतकालिन चेतावनि दिएका हुन् ।

जहाज बिहीवार सिड्नीमा रोकिएको थियो । जहाजमा चालकदलका १ हजारभन्दा धेरै मानिससहित कुल ३ हजार ८ सय जना सवार रहेको बताइएको छ ।

जहाज सिड्नीमा फर्कनुअगाडि न्यूजील्यान्ड पुगेको थियो । 
 
अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन् ।

कोरोनाभाइरस भएको शङ्का लागेका एक व्यक्ति तास्मानिया फर्किसकेको बताइएको छ ।

पानीजहाज आउनुअगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ कारन्टीनमा बस्नुपर्ने नियम भने लागु भइसकेको थियो ।

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घरभित्र पनि सबै जनाले प्रतिव्यक्ति चार वर्ग्मिटरको स्थान राख्नुपर्ने बताएका छन् ।

अस्ट्रेलियामा १ सय जनाभन्दा बढी जम्मा हुने अत्यावश्यकबाहेक सबै भेलामा प्रतिबन्ध लगाइएको छ ।

यो नयाँ नियमले भने भोजनालय र अन्य व्यापारलाई असर पार्ने देखिएको छ । अस्ट्रेलियामा ७ सयभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित छन् ।

Last modified on 2020-03-21 08:37:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts