इटलीमा पञ्जा अभावका कारण कोरोना संक्रमितको उपचारमा खटेका डाक्टरको मृत्यु



Download our app to get more features

इटली, ८ चैत । इटलीमा पञ्जा बिनै कोरोना संक्रमितको उपचारमा खटेका एकजना डाक्टरको मृत्यु भएको छ ।

५७ वर्षका डाक्टरलाई जाँच गर्दा उनमा कोरोनाको संक्रमण पाइएको थियो । उनी इटलीको कोडोग्नो शहरको एक अस्पतालमा कार्यरत थिए ।

मार्कलो नतालीमा संक्रमण पाइएपछि उपचारका लागि उनलाई क्रेमोना अस्पतालमा भर्ना गरिएको र त्यहाँ सञ्चो नभएपछि उनलाई मिला पुर्याउँदा उनको निमोनिया बढेको थियो ।

उनले आफ्नो अन्तिम अन्तरवार्ताका क्रममा उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि पञ्जाको अभाव भएको र ग्लब्स बिनै कोरोना संक्रमितको आफूहरुले उपचार गर्न बाध्य भएको बताएका थिए । 

डा. नतालीको मृत्यु कोरोनाको कारण भएको त्यहाँका रिप्रजेन्टेटिभ अफ द फेडेरेशन अफ जेनरल प्रैक्टिसनरले गरेका छन् । 

यसअघि शुक्रबारसम्म इटलीमा मात्रै १३ जना डाक्टरको कोरोनाका कारण मृत्यु भइसकेको थियो भने २ हजार ६ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts