अलिबाबाका सिइओ ज्याक माले नेपाल सहित १० देशलाई १८ लाख थान मास्क सहयोग गर्ने



Download our app to get more features

काठमाडौं, ८ चैत । कोरोना संक्रमण फैलिएपछिको उतारचढावपछि मुकेश अम्बानीलाई पछि पार्दै एशियाका सर्वाधिक धनि बनेका जाइन्ट इकमर्स कम्पनी अलिबाबाका संस्थापक सिइओ ज्याक माले नेपाल सहित १० देशलाई माक्स सहयोग गर्ने घोषण गरेका छन् । 

शुक्रवार ट्विट गर्दै ज्याकले नेपाल सहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस्, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालाई गरि १८ लाख थान माक्स सहयोग गर्ने घोषण गरेका हुन् । साथै उनले ३६ हजार थान प्राटेक्टिभ सुट, भेन्टिलेटर, परीक्षण किट लगायत सहयोग गर्ने जनाएका छन् । विषम परिस्थितिमा ती सहयोगहरु पुर्याउन हस्तान्तरण गर्न चुनौतिपूर्ण भएपनि आफुहरुले सम्पन्न गरिछाड्ने माले बताएका छन् । 
 

Last modified on 2020-03-21 12:27:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts