काेराेना अपडेट

मृतककाे संख्या १३ हजार पुग्यो, ३ लाखभन्दा बढी संक्रमित



Download our app to get more features

काठमाडौं, ९ चैत । विश्वभर फैलिएको कोभिड १९ अर्थात् नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ ।

इटलीमा मात्रै शनिबार एकै दिन ७ सय ९३ जनाको मृत्यु भएको जनाइएको छ । योसँगै इटलीमा मृत्यु हुनेको संखया ५ हजारभन्दा बढी पुगेको छ । कोरोना भाइरस देखिएको केही समयमै लक डाउन गरिएको इटलीमा वुहानमा भन्दा बढी नागरिकको मृत्यु हुन थालेको छ । 

यस्तै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यापनि बढेको छ । स्पेनमा शनिवारसम्म १३ सयको मृत्यु भएको छ भने इरानमा १ हजार ५ सयको मृत्यु भएको छ । जर्मनीमा भने शनिबारसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६२ पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था सीएनन र अल जजिराका अनुसार अमेरिकामा पनि भाइरसका कारण मृत्यु हुनेको दर बढ्दै गएको छ । अमेरिकामा अहिलेसम्म ३ सय २ जनाको मृत्यु भएको छ भने २३ हजार ६ सय ४९ जना संक्रमित भएका छन् । 

भाइरसका कारण विश्वका एक सय ७० मुलुक प्रभावित भएका छन् भने अहिलेसम्म विश्वभर ३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । ९३ हजारभन्दा बढी उपचारपछि घर फर्केका छन् ।

Last modified on 2020-03-22 07:25:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts