भारतमा लागू भयो 'जनता कर्फ्यू',जो जहाँ छ त्यहीं बस्न प्रधानमन्त्री माेदीको आग्रह



Download our app to get more features

भारत, ९ चैत । कोरोना भाइरसलाई लिएर सावधानी अपनाउँदै भारतमा आजबाट जनता कर्फ्यू लागू भएको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यू जारी रहने छ ।

भारतमा फैलँदै गएको कोरोना भाइरसलाई फैलन नदिन आजबाट नागरिकलाई घरमै बस्न र बाहिर ननिस्कन भन्दै जनता कर्फ्यू लगाइएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कर्फ्यू लगाउने घोषणा गरेका हुन् । जनता कर्फ्यू लाग्नुभन्दा अघि आज बिहान प्रधानमन्त्री मोदीले जो जहाँ हुनुहुन्छ त्यहि रहनुहोला भनेर आदेश दिएका छन् । 

जनता कर्फ्यूको क्रममा आफूलाई आफ्नै घरमा सुरक्षित तरिकाले राख्न र मुलुकमा संक्रमण फैलन निदन आग्रह गरिएको छ । यस्तै आजबाट भारतका अत्यावश्यक बाहेकका सेवापनि बन्द गरिनेछ । 

भारतमा अहिलेसम्म ३ सय २८ जना कोरोनाका कारण संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतका २२ राज्य प्रभावित भएका छन् । प्रभावित राज्यलाई लक डाउन गरिएको छ ।

Last modified on 2020-03-22 14:38:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts