कोरोनाबाट सिंगापुरमा दुई जनाको मृत्यु 



Download our app to get more features

एजेन्सी, ९ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिंगापुरमा दुई जनाको मृत्यु भएको छ । मुटुसम्बन्धी दीर्घरोग भएकी ७५ वर्षीया सिंगापुरियन महिला र ६४ वर्षीय इन्डोनेशियन पुरुषको २१ मार्च (शनिवार) मा मृत्यु भएको हो । सिंगापुरमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

सिंगापुरियन महिला नेसनल सेन्टर फर इन्फेक्टियुस डिजिज (एनसिआइडी) मा २३ फेब्रुअरीमा निमोनियाको उपचारका लागि भर्ना भएकी थिइन । त्यसै बेला उनलाई कोरोना भएको अस्पतालले पुष्टि गरेको थियो । उनलाई आसियुमा राखेर उपचार गरिदै थियो र २६ दिनका दिन शनिबार बिहान मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै मृत्यु हुने दोस्रो व्यक्ति इन्डोनेशियन नागरिकलाई पनि गम्भीर अवस्थामा १३ मार्चमा एनसिआडीमा भर्ना गरिएको थियो । यसै दिन उनलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो र आइसियुमा राखेर उपचार भइरहेको थियो । यसअघि उनलाई मुटुसम्बन्धी समस्या भएकाले इन्डोनेशिया कै अस्पतालमा उपचार गरिएको थियो । सिंगापुरको स्वास्थ्य मन्त्री जेन किम योङले भने, ‘उनीहरुको मृत्युबाट हामी दुःखी भएका छौं । उनीहरुको परिवारप्रति हाम्रो समवेदन छ र हाम्रो साथ निरन्तर रहनेछ ।’
 

Last modified on 2020-03-23 14:01:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts